शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • दार्चुलाका धनसिंह खाती ११ दिन देखी बेपत्ता, खाेजी गरिदिन आफन्तकाे अनुराेध

दार्चुलाका धनसिंह खाती ११ दिन देखी बेपत्ता, खाेजी गरिदिन आफन्तकाे अनुराेध

  • सोमवार, मंसिर ४, २०८०
दार्चुलाका धनसिंह खाती ११ दिन देखी बेपत्ता, खाेजी गरिदिन आफन्तकाे अनुराेध

बाजुरा– दार्चुला ब्यास गाउँपालिका ४ सुन्सेरा खाती गाउँका धनसिह खाती ११ दिन देखी बेपत्ता भएका छन । अन्दाजी ३५ देखी ४० बर्ष उमेरका खाती भारतको सिम्लाबाट बेपत्ता भएका हुन ।
दार्चुला जिल्ला ब्यास गापा वडा न४ सुन्सेरा खाती गाउँ बस्ने जय सिह खातीका छोरा धन सिह खाती उर्फ शिशिर भारतको सिम्ला काम गर्ने सिलसिलामा गएको र २०२३ नोबेम्बर ९ तारिकमा सिम्लाबाट घर आउने क्रममा बाटोमै बेपत्ता भएकोले खोजी कार्य गरिदिन उनका आफन्त लालसिह खातीले बताएका छन । आज सम्म पनि घर नपुगेको फोन र फेसबुक पनि अफ रहेको उनका आफन्त लालसिहले बताए ।
धनसिह खातीकाे  फोन नम्मर ८२१९४४५१७० हो उनको नम्मरमा फोन गर्दा सम्पर्क हुदैन उताबाट हिडीसके भनेको मान्छे ११ दिन सम्म पनि सम्पर्कमा नआउदा खोजी गरिदिन आफन्तले अनुरोध गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार