सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढीनन्दा नगरपालिकाका चार स्थानमा टेलिकम टावर निर्माण हुदैें

बुढीनन्दा नगरपालिकाका चार स्थानमा टेलिकम टावर निर्माण हुदैें

  • सोमवार, अशोज २९, २०८०
बुढीनन्दा नगरपालिकाका चार स्थानमा टेलिकम टावर निर्माण हुदैें

राजेन्द्र बहादुर रोकाया/बाजुरा– दिगो रुपमा संचार सुविधा नरहेको बुढीनन्दा नगरपालिकाको चार वटा स्थानमा नेपाल टेलिकमको नमस्ते मोबाइलको टावर निर्माण हुने भएका छन ।  हालसम्म संचारको भरपर्दो सुविधा नभएको बुढीनन्दा नगरपालिकाका बिभिन्न स्थानमा टेलिकम टावर निर्माण हुने भएका हुन् ।

बुढिन्नदा नगरपालिकाकाे वडा नम्बर ८ को हर्शालीमा टेलिकम टावर, वडा नम्बर ७ को कर्केलीको माथि पानिनाउला नजिकै रिपिटर टावर, नगरपालिकाको वडा नम्बर ३ लाई लक्षित गरी एक टावर, र वडा नम्बर १ को सल्लेरीमा रिपिटर टावर निर्माण हुने भएको नगरपालिकाका नगर प्रमुख जनक कुमार बाेहराले बताए ।

चार वटै टावर पुर्ण रुपमा निमार्ण कार्य सम्पन्न भएर संचालनमा आएपछि जिल्लाको पूर्विउत्तरी क्षेत्रका चार पालिकार्लाइ संचार सुबिधामा नियमित हुने भएको टेलिकमले जनाएकाे छ । विगत केही वर्ष यता संचार अभावले सास्ती झेल्दै आएका सेवाग्राहीले टावर निर्माण भएपछि नमस्ते मोबाइल सेवाको गुणस्तरीय सेवा उपभोग गर्न पाउने भएका छन् ।

बुढीनन्दा नगरपालिकामा रहेकाे नमस्ते मोबाइलको टावरमा बारम्बार खराबी आइरहदा सेवाग्राही हाल मर्कामा परेका छन । घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा नेटवर्क जाने समस्याले आजित भएका बुढीनन्दाका सेवाग्राहीले चार स्थानमा टावर बनेपछि भने राहत पाउने नगर प्रमुख जनक कुमार बोहराले बताए ।

चर्चामा

सम्बन्धित समाचार