बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

  • मङ्लबार, अशोज २३, २०८०
आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं– इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका १० जना नेपालीको सम्मानमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय शोकको घोषणा गरेको हो।

आज देशका सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालय सहसचिव नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यस अकल्पनीय घटनामा दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने भनी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०६/२२ को बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’

यसैगरी मन्त्रिपरिषद्को बैठकले प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी निधन भएका नेपालीको परिवारलाई राहतस्वरुप १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। उनका अनुसार उक्त रकम अर्थ मन्त्रालयले गृहमन्त्रालयमार्फत निकासा दिनेछ।

चर्चामा

सम्बन्धित समाचार