बिहिबार, असार १८, २०८३
  • होमपेज
  • समाज
  • डडेल्धुरामा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

डडेल्धुरामा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

  • बिहिबार, अशोज ४, २०८०
सेयर गर्नुहोस् :
डडेल्धुरामा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

डडेल्धुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन् । उनीहरुसँगै सामूहिक बलात्कारमा संलग्न भएको भनिएका अर्का एक १८ वर्षीय किशोर भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

२० वर्षीया एक युवतीमाथि फरक–फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

डडेल्धुरा प्रहरीकाअनुसार पक्राउ परेकाहरुमाथि गत वैशाख ५ गते नानिगाड खोलामा र गत वैशाख १२ गते साँझ डेकामा रहेको एउटा गोठमा लगेर युवातीलाई बलात्कार गरेको किटानी जाहेरी परेको छ ।घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार