• होमपेज
  • देश
  • तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ८ जनाको मृत्यु, २० जना घाइते

तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ८ जनाको मृत्यु, २० जना घाइते

  • शनिबार, भदौ ९, २०८०
तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ८ जनाको मृत्यु, २० जना घाइते

भारतकाे तमिलनाडुस्थित मदुरै रेलवे स्टेशन नजिकै ठूलो दुर्घटना भएको छ। दक्षिणी रेलवे अधिकारीका अनुसार लखनउबाट धार्मिक पर्यटक बाेकेर रामेश्वरम जाँदै गरेको रेलमा आगलागी भएको थियो।

उक्त दुर्घटनामा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

दक्षिणी रेलवे अधिकारीहरूका अनुसार बिहान मदुरै यार्ड जंक्शनमा रोकिँदा रेलमा आगलागी भएको थियो। त्यहाँ केही यात्रुहरु अवैध रुपमा ग्यास सिलिन्डर लिएर कोचभित्र पसेका थिए। साेही सिलिन्डरका कारण रेलमा ठूलो आगो लागेको बताइएको छ। रेलमा आगलागी भएको भिडिओ पनि सार्वजनिक भएको छ, जसमा कोचमा भीषण आगो देखिएको छ।

त्यसैबेला वरपर केही मानिसहरु चिच्याइरहेकाे देखिन्छ। घटनास्थलमा दमकल पुगेर निकै प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो।

चर्चामा

सम्बन्धित समाचार