सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सुदूरपश्चिममा आज अति वर्षाको सम्भावना

सुदूरपश्चिममा आज अति वर्षाको सम्भावना

  • आइतवार, साउन २८, २०८०
सुदूरपश्चिममा आज अति वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेशमा आज (आइतवार) अति भारी वर्षाको सम्भावना रहेको छ। प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको हो।

सुदूरपश्चिममा आइतवार अति भारी वर्षाको सम्भावना रहेकाले नदीमा जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन भनिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतवार सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशको एक/दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

आइतवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ।

सोमवार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा वर्षाको सम्भावना छ। बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ।

सोमवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहि तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

मंगलवार देशभर आँशिकदेखि सामान्य बदली रहने छ। केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलवार राति देशभर आँशिकदेखि सामान्य बदली रहने छ। केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेकाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ।

चर्चामा

सम्बन्धित समाचार