बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिकाकाे पाण्डुसैन स्वास्थ चौकीमा ल्याव सेवा संचालन

बुढिनन्दा नगरपालिकाकाे पाण्डुसैन स्वास्थ चौकीमा ल्याव सेवा संचालन

  • सोमवार, असार २५, २०८०
बुढिनन्दा नगरपालिकाकाे  पाण्डुसैन स्वास्थ चौकीमा ल्याव सेवा संचालन

बाजुरा– पाण्डुसैन स्वास्थ चौकीमा आज बाट ल्याव सेवा संचालनमा आएको छ ।  एक औपचारिक कार्यक्रमका विछ ल्यावको उद्घाटन गरिएको हो ।  बुढीनन्दा नगर पालिकाका वडा नम्बर ७,८,९ र १० लाई लक्षित गरेर स्वास्थ चौकीमा ल्याव सेवा संचालनमा ल्याएको नगर प्रमुख जनक कुमार बोहराले बताए ।

सामान्य रगत ,पिसाब र खकार चेक गर्न ४ घन्टा हिडेर कोल्टी पुग्नु पर्ने र मार्तडी जाने समस्य हटेको बुढिनन्दा नगर पालिका वडा नम्बर आठका स्थानीय धन बहादुर रोकायाले बताए । साेमबार ल्याप उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले आफुले चुनावताका बोलेका बाचाहरु विस्तारै पूरा गर्दै गएको वताउदै अझै सुखी र खुसी नगर बनाउन आफू दिन रात नभनी लागि रहेको बताएका छन ।

 वडा नम्बर आठका वडा अध्यक्ष तथा पाण्डुसैनका अध्यक्ष केशब शाहीको अध्यक्ष संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख जनक कुमार बोहरा रहेका थिए । वडा नम्बर तिनका वडा अध्यक्ष तथा प्रबक्ता जङविर रोकाया,वडा नम्बर ६ का वडा अध्यक्ष गजेन्द्र ब शाही ,निमित्त प्रमुख प्रशासकीय अधिकृत शन्तोस ,कार्यपालिका सदस्य जनक भन्डारी ,नेपाली काङ्ग्रेसका युवा नेता शिव बोहोरा,स्वास्थ्य शाखा प्रमुख ओमजङ्ग शाही लगायत अतिथि रहेकाे कार्यक्रममा स्थानीयको उपस्तिथि रहेको थियो ।

नगरपालिकाको नीति तथा कार्यक्रममा नै ल्याप संचालनमा भनिएको र सोही अनुरुप ल्याप संचालनमा ल्याएको स्वास्थ्य शाखा प्रमुख ओम जङ्ग शाहिले बताए । दुई जना ल्याप असिस्टेन्ट सहित साेमबारबाट ल्याव सुचारु भएको नगरपालिकाले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार