मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रवास
  • एनआरएनए युथ कोडिनेटरमा सिंहले उम्मेदवारी दिने घोषणा

एनआरएनए युथ कोडिनेटरमा सिंहले उम्मेदवारी दिने घोषणा

  • आइतवार, असार २४, २०८०
एनआरएनए युथ कोडिनेटरमा सिंहले उम्मेदवारी दिने घोषणा

बाजुरा– एनआरएनए अस्ट्रेलिया क्न्सल्यान्ड राज्यको युथ कोडिनेटरमा सरोज सिंह ठकुरीले उम्मेदवारी दिने घोषणा गरेका छन।सुदुर पश्चिमेलि समाज क्विन्स्ल्यान्ड बृस्बेनका सस्थापक अध्यक्ष भयर कार्य अनुभव बटुलेका सिंहले जुलाइ २९ मा हुन गहिरहेको संस्थाको अधिबेशनमा युथ कोडिनेटरमा उम्मेदवारी घोषणा गरेका हुन। पोखरा बिश्वबिध्यालय बाट स्नातक कोर्स पूरा गरेका सिंह बिगत लामो समय देखि अस्ट्रलियमा नै आफ्नो कर्मभुमी बनाएर नेपाल र नेपालीको लागि सामाजिक कार्य गर्दै आइरहेका छ्न।
परिवार संग को बिछोड,साथै देश पर्ती को मायाले सधै पिरोलीरहे पनि समाज पर्ती को माया र नेपाली समाज पर्ती आफ्नो छेमताले भ्याय सम्म सकारात्मक कार्य गर्न कहिले पछि नपर्ने उनको भनाइ रहेको छ।एनआरएनए पर्ती जन गुनासो बढेता पनि जब आफू उक्त संस्थामा आवद्ध भइन्छ ,जनभावना अनुरुप कामहरु गर्दै जाने र संस्था को साख उच्च तहमा पुर्याउने उनको उदेश्य रहेको छ।
कोभिडले बिश्वव जगत थला परेको समयमा नेपालको अधिकांस जिल्लाहरुमा जिल्ला संयोजक बनाएर स्वाथ्य सामग्रीहरु पठाएको कुरा पनि उनी संग अनुभव छ।अध्यनको लागि अस्ट्रेलिया गन्तव्य बनाउने आदरणीय नँया बिध्यार्थी साथिहरु लाई अस्ट्रेलियामा रहेर रोजगारिको क्षेत्रमा सहयोग गर्ने र आइपर्ने समस्याहरु समाधान गर्न तिर जोड दिने सिंहले बताएका छन।

चर्चामा

सम्बन्धित समाचार