• होमपेज
  • राजनीति
  • रवि लामिछानेविरुद्ध तीन जनाको दाबी विरोध, एक उजुरी

रवि लामिछानेविरुद्ध तीन जनाको दाबी विरोध, एक उजुरी

  • मङ्लबार, चैत्र २१, २०७९
रवि लामिछानेविरुद्ध तीन जनाको दाबी विरोध, एक उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका रवि लामिछानेविरुद्ध तीन जनाको दाबी विरोध र एक उजुरी परेको छ ।

सोमबार भएको उम्मेदवारी दर्ताविरुद्ध मंगलबार तीन जनाले उम्मेदवार बन्न अयोग्य रहेको भन्दै दाबी विरोधको सूचना दर्ता गरेका हुन् । त्यस्तै उजुरी दिनेमा युवराज सफल रहेका छन् । लामिछानेविरुद्धको उजुरीबारे निर्णयका लागि स्पष्टीकरण सोध्दै निर्वाचन आयोगमा पठाएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।

दाबी विरोधको सूचना दिनेमा स्वतन्त्र उम्मेदवार सुवास थापा, शिव बहादुर सुवेदी र राजमो उम्मेदवार जनकराज थापाका प्रतिनिधि डम्बर पुरी रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार