शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • भीम रावलसँग वार्ता गर्न एमालेले बनायो ३ सदस्यीय टोली, स्पष्टीकरण सोध्ने तयारी

भीम रावलसँग वार्ता गर्न एमालेले बनायो ३ सदस्यीय टोली, स्पष्टीकरण सोध्ने तयारी

  • शनिबार, चैत्र १८, २०७९
भीम रावलसँग वार्ता गर्न एमालेले बनायो ३ सदस्यीय टोली, स्पष्टीकरण सोध्ने तयारी

काठमाडौँ   –    नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई सहमतिमा ल्याउन वार्ता टोली बनाएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले ३ सदस्यीय वार्ता टोली बनाएर छलफलपछि आवश्यक निर्णय लिन जिम्मेवारी दिएको छ ।

पार्टीको दसौँ महाधिवेशनबाट पार्टीमै रहेको तर पार्टीको विधि विधान नमानेको कारण रावलसँग वार्ता गरेर सहमतिमा पुग्नका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा पार्टीका सुदूर पश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा रहेकाे ३ सदस्यीय टोली बनाइएको पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । एमालेले सो टोलीलाई नेता रावलसँग वार्ता गरेर आवश्यक टुङ्गोमा पुग्न जिम्मेवारी दिने निर्णय गरेको छ ।

स्रोतका अनुसार एमालेले नेता रावललाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । शनिबार बसेको बैठकमा नेताहरुले रावलको विषयलाई लिएर प्रश्न गरेका थिए । रावलले पछिल्ला दिनमा एमालेको निर्णय नमानेको र पार्टी अनुशासन नमानेको भन्दै स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

तर उपाध्यक्ष सुरेन्द्र पाण्डेले स्पष्टीकरण नभएर सोधपुछ गर्नेबारे छलफल भएको बताए । केही दिन अघि उपाध्यक्ष विष्णु पौडेल अछाम गएपछि रावल पक्षधर नेता कार्यकर्ताले पौडेलविरुद्ध नारावाजी गरेका थिए । त्यसपछि नेता रावलले आफ्नै गाउमा आउदा पनि पौडेलले आफुलाई जानकारी नदिएको गुनासो गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार