शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • राजनीति
  • प्रचण्डले भने–गृह र सञ्चार मन्त्रालय माओवादीले राख्छ

प्रचण्डले भने–गृह र सञ्चार मन्त्रालय माओवादीले राख्छ

  • सोमवार, चैत्र १३, २०७९
प्रचण्डले भने–गृह र सञ्चार मन्त्रालय माओवादीले राख्छ

काठमाडौँ    –     नेकपा माओवादी केन्द्रका नेताहरुले गृह र सूचना तथा सञ्चार प्रविधि मन्त्री मन्त्रालय पार्टीले नै राख्नुपर्ने बताएका छन् । नेताहरूले मन्त्रालय भागबन्डा हुँदा यी दुई मन्त्रालय पार्टीले नै राख्नुपर्ने बताएका हुन् । पार्टीको शनिवार बसेको पदाधिकारी बैठकमा नेताहरूले गृह र सञ्चार मन्त्रालय पार्टीले नै राख्नुपर्ने भन्दै प्रचण्डलाई दबाब दिएका थिए । ती मन्त्रालय कांग्रेसले दाबी गरेको चर्चा चल्न थालेपछि नेताहरूले प्रचण्डलाई दायाबायाँ नगर्न दबाब दिएका हुन्।

त्यसपछि प्रचण्डले भागबन्डा हुँदा गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पार्टीले नै पाउनुपर्ने पक्षमा आफू रहेको बताएका थिए । प्रचण्डले आफूले सोहीअनुसार कांग्रेससहित गठबन्धन दलमा छलफल गर्ने आश्वासन दिएको पनि एक नेताले बताए ।

प्रचण्डले गृह आफ्नो पार्टीले राखेर अर्थ मन्त्रालय कांग्रेसलाई दिन सकिने विषयमा ब्रिफिङ गरेको पनि ती नेताको भनाइ छ । यस्तै ती नेताका अनुसार अहिले भएका मन्त्रीमा थप नभएमा भौतिक यातायात तथा पूर्वाधारमन्त्री मन्त्री नारायणकाजी श्रेष्ठ नै गृहमन्त्री हुने सम्भावना देखिएको छ । यदि माओवादीको भागमा एक मन्त्रालय थप भएमा शक्तिबहादुर बस्नेत, महेन्द्रबहादुर शाही र पूर्णबहादुर घर्तीमध्येबाट एक जना जाने सम्भावना रहेको उनको भनाइ छ ।

Nabil bank
हाल सञ्चार मन्त्री माओवादीकै भागमा परेको छ । सो मन्त्रालयमा हाल रेखा शर्मा रहेकी छन् । सो मन्त्रालयमा उनले नै निरन्तरता पाउने बताइएको छ । यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफ्नो मन्त्रालय फेरिदिन प्रचण्डलाई आग्रह गरेको स्रोतको भनाइ छ । । उनले भौतिक वा सहरी विकास मन्त्रालयमा आफ्नो रुचि राख्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार