शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • सामुदायिक रेडियोले श्रमप्रति सम्मान र कामप्रति गर्व हुने सामग्री प्रसारण गर्नुपर्छ : राष्ट्रपति पौडेल

सामुदायिक रेडियोले श्रमप्रति सम्मान र कामप्रति गर्व हुने सामग्री प्रसारण गर्नुपर्छ : राष्ट्रपति पौडेल

  • शनिबार, चैत्र ११, २०७९
सामुदायिक रेडियोले श्रमप्रति सम्मान र कामप्रति गर्व हुने सामग्री प्रसारण गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ —    राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले श्रमप्रति सम्मान र कामप्रति गर्व महसुस हुने खालका सामग्री प्रसारण गर्नुपर्ने बताएका छन् ।

सामुदायिक रेडियो प्रसारक स‌ंघ (अकोराब) को कार्यसमितिसँग शनिबार शीतल निवासमा भेट गर्दै राष्ट्रपति पौडेलले सामुदायिक रेडियोहरू दुर्गम भेगका समुदायसम्म पनि सहज रूपमा पुगेको र समुदायसँग घुलमिल भएकाले सामुदायिक रेडियोले ‘श्रम संस्कृति’लाई प्रोत्साहन गर्ने खालका सामग्री प्रसारण गर्नुपर्ने सुझाव दिएका हुन् ।

श्रमले तन र मन दुवै स्वस्थ बनाउने भएकाले यो अपरिहार्य रहेको राष्ट्रपति पौडेलको भनाइ थियो । अहिले अलिकति पढेपछि काम गर्न हुँदैन भन्ने खालको मनोविज्ञान र धारणा निर्माण भइरहेको भन्दै उनले यो धारणा बदल्न र कामप्रति गर्व गर्न हरेक नागरिक र समुदायमा सूचना र शिक्षा दिने सामुदायिक रेडियोको दायित्व भएको बताए ।

भेटघाट कार्यक्रममा स‌ंघका अध्यक्ष अर्जुन गिरीले राष्ट्रपति पौडेललाई सफल कार्यकालको शुभकामना दिँदै रेडियो सेट उपहार दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार