बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिम विश्वविद्यालयको १० क्याम्पसमा आज निर्वाचन हुँदै, ४ क्याम्पसमा अझै अनिश्चित

सुदूरपश्चिम विश्वविद्यालयको १० क्याम्पसमा आज निर्वाचन हुँदै, ४ क्याम्पसमा अझै अनिश्चित

  • बुधबार, चैत्र ८, २०७९
सुदूरपश्चिम विश्वविद्यालयको १० क्याम्पसमा आज निर्वाचन हुँदै, ४ क्याम्पसमा अझै  अनिश्चित

धनगढी –     सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आङ्गिक क्याम्पसमा स्ववियुको नेतृत्वका लागि आज निर्वाचन हुँदै छ।

विश्वविद्यालयको अन्तर्गतका १५ क्याम्पस मध्ये १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचनका लागि मतदान हुन लागेको हो। स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ताको समय भए पनि आन्तरिक विवादका कारण केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा मनोनयन दर्तासमेत हुन सकेको थिएन।

तर, केन्द्रीय क्याम्पसले आगामी २१ गते निर्वाचनको नयाँ मिति तय गरे पनि अन्य ४ क्याम्पसमा भने निर्वाचनको मिति अझै तय हुन सकेको छैन। बाँकी ४ क्याम्पसमा स्ववियु निर्वाचन गराउनका लागि विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासन अझै छलफलमा छन्।

चर्चामा

सम्बन्धित समाचार