आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रपतिमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण : अध्यक्ष ओली

राष्ट्रपतिमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण : अध्यक्ष ओली

  • बुधबार, फाल्गुन २४, २०७९
राष्ट्रपतिमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण :  अध्यक्ष  ओली

काठमाडौं  –    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम महिला राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले बुधबार आयोजना गरेको कार्यक्रममा ओलीले भण्डारीले ७ वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएको बताए ।

पहिलो कार्यकालको सफल र मर्यादित भूमिकालाई हेरेर राष्ट्रपतिमा भण्डारीलाई दोहोर्‍याएको पनि ओलीले बताए । उनले अगाडि भने, ‘राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो संकिर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकवास गरेका हुनसक्छन् । त्यसको खास अर्थ छैन ।’

चर्चामा

सम्बन्धित समाचार