बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • सरकार जनताको जीवन परिवर्तन ल्याउन दृढ संकल्पित : प्रधानमन्त्री दाहाल

सरकार जनताको जीवन परिवर्तन ल्याउन दृढ संकल्पित : प्रधानमन्त्री दाहाल

  • मङ्लबार, फाल्गुन १६, २०७९
सरकार जनताको जीवन परिवर्तन ल्याउन दृढ संकल्पित : प्रधानमन्त्री दाहाल

काठमाडौं  –    प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित रहेको बताएका छन्।

प्रधानमन्त्री दाहालले आज अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा शुभकामना दिँदै वर्तमान सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित रहेको बताएका हुन्।

उनले शुभकामना दिँदै सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न, यस पर्वलाई माझी जाति र अन्य समुदायको बीचमा एकता, सद्भाव र सहकार्य थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन अपील पनि गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार