बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • आगामी फागुनमा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन

आगामी फागुनमा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन

  • सोमवार, माघ २३, २०७९
आगामी फागुनमा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन

नेकपा (एकीकृत समाजवादी) ले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ।

शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौं बैठकले महाधिवेशनको मिति तय गरेकोे पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

यसैगरी आइतबारको बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी संगठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरिएको उनले बताए।

उनले भने, ‘आगामी २०८० साल फागुनभित्रमा राष्ट्रिय महाधिवेशन गर्ने तथा पार्टी संगठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको छ, सोहीअनुसार अगाडि बढ्छौं।’

चर्चामा

सम्बन्धित समाचार