सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • सेनाको विमानस्थलबाहिर विस्फोट, कम्तीमा १० जनाको मृत्यु

सेनाको विमानस्थलबाहिर विस्फोट, कम्तीमा १० जनाको मृत्यु

  • सोमवार, पुस १८, २०७९
सेनाको विमानस्थलबाहिर विस्फोट, कम्तीमा १० जनाको मृत्यु

एजेन्सी – काबुलको सैन्य विमानस्थलबाहिर भएको शक्तिशाली विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको खामा प्रेसले तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको सैन्य विमानस्थलको मुख्य गेट नजिकै भएको विस्फोटमा ८ जना घाइते भएको जानकारी दिए।

विस्फोटको कुनै पनि समूहले जिम्मा लिएको छैन्। उत्तरी तकहार प्रान्तको राजधानी तलुगान सहरमा भएको शक्तिशाली विस्फोटको तीन दिनपछि सैन्य विमानस्थलमा अर्को विस्फोट भएको हो। उक्त विस्फोटमा चार जना घाइते भएका थिए। पछिल्ला केही महिनामा युद्धग्रस्त काबुलमा विस्फोटलगायत बढ्दो सुरक्षा खतरा सामना गरेको छ। पछिल्लो विस्फोटबारे प्रहरीले अनुसन्धान गरेको छ।

चर्चामा

सम्बन्धित समाचार