शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • विद्युत प्राधिकरणका कर्मचारीले बुझाए कार्यालय प्रमुखलाई ध्यानाकर्षण पत्र

विद्युत प्राधिकरणका कर्मचारीले बुझाए कार्यालय प्रमुखलाई ध्यानाकर्षण पत्र

  • मङ्लबार, भदौ २१, २०७९
विद्युत  प्राधिकरणका कर्मचारीले बुझाए कार्यालय प्रमुखलाई ध्यानाकर्षण पत्र

बाजुरा —  बाजुराको बडिमालिका नगरपालिकामा रहेको बिद्युत प्राधिकरणका कर्मचारीले कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराएका छन । त्रिवेणी बचत तथा सहकारी संस्थाले यस बिद्युत प्राधिकरण साना जल बिद्युत केन्द्र नेपाल बिद्युत प्राधिकरण सँग लिजमा लिएको २०७८ माघ ४ गते ८९६ औँ बैठकमा भंग भई २०७९ बैसाखमा ११ गते पुणर् रुपमा संचालन ल्याएको थियो ।

बिद्युत सेवामा कार्यारत कर्मचारीहरुलाई नेपाल बिद्युत प्राधिकरणले नियमित गर्ने सर्त अनुसार सम्पुणर् प्रक्रिया पुरा भई त्रिवेणी सहकारी संस्थाबाट सम्पुणर् कागजात समेत नेपाल बिद्युत प्राधिकरणले लिईएर कर्मचारी व्यवस्था गरिने कार्यालयको निणर्य भएको थियो । सो कार्यालयमा अर्को व्यवस्था नभए सम्म दैनिक ज्यालादारी सेवा दिने निणर्य भएको तर कुनै सुनुवाई नहुँदा कर्मचारी हरुले भने बमोजिम सेवा नपाएकोले कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराएको हो ।

नेपाल बिद्युत प्राधिकरणमा पाँच महिना बितिसक्दा पनि कर्मचारी व्यवस्था अगाडी नबढाएको र साथै काम गरिरहेका ९ जना कर्मचारी मध्ये एकजना को दुघर्टनामा परि मृत्यु भएको सो कार्यालयमा कार्यरत कर्मचारीले बताएका छन ।

बिद्युत सेवामा कार्यरत कर्मचारीहरुलाई भने बमोजिम कार्यालयबाट कुनै व्यवस्था नभर्एकाले कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराएको कर्मचारी गणेश राज जोशीले बताए ।

चर्चामा

सम्बन्धित समाचार