शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • मार्तडीमा हुने अन्नते मेला ब्यबस्थापन सम्बन्धी छलफल

मार्तडीमा हुने अन्नते मेला ब्यबस्थापन सम्बन्धी छलफल

  • मङ्लबार, भदौ २१, २०७९
मार्तडीमा हुने  अन्नते मेला ब्यबस्थापन सम्बन्धी छलफल

बाजुरा — बडिमालिका नगरपालिका वडा न ८ मा हुने स्थानिय पर्बको रुपमा रहेको अन्नते मेलाको ब्यबस्थापन बारेमा छलफल भएको छ । बडिमालिका नगरपालिका वडा न ८ को आयोजनामा सो छलफल भएको हो । अनन्ते मेलालाई कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने बारे वडा अध्यक्ष चन्द बहादुर थापा र स्थानिय बिच छलफल भएको वडा अध्यक्ष चन्द बहादुर थापाले बताएका छन ।

अनन्ते मेला ब्यबस्थापनकका लागि स्थानिय युवाहरुको समुहलाई स्वयम सेवकको जिम्मेवारी दिने वडा अध्यक्ष थापाले बताए । त्यसै गरी मेला लाग्ने ठाउँमा अस्थाई चर्पीको ब्यबस्थापन गर्नुका साथै मेला लाग्ने ठाउँमा बिजुली र पानीको ब्यबस्थापन डस्टवीन लागयतको कार्यहरु गर्न युवाहरुलाई जिम्मेवारी दिने निणर्य गरिएको वडा अध्यक्ष थापाले बताए । स्वयम सेवकको जिम्मा स्थानिय नरेन्द्र रावललाई दिएको र रावलको कमाण्डमा ७० जना युवा स्वयंम सेवक रहने वडा कार्यालयले जनाएको छ ।

त्यसै गरी मेला अवधीभर मदिरा सेवन गरी कोही कसैले होहल्ला गर्ने समाजलाई खलल पुर्याउने कार्य गर्ने जो सुकैलाई कार्बाही गर्ने जनाएको छ । नेपाल प्रहरीको समन्वयमा मदिरा सेवन गरी होहल्ला गर्ने जो सुकैलाई २ हजार ५ सय जरिवाना र मदिरा बिक्री बितरण गर्नेलाई ५ हजार जरिवाना गर्ने निणर्य गरिएको वडा अध्यक्ष थापाले बताएका छन ।
महाभारतमा कौरवसँगको लडाईमा पाण्डवले गरेको विजय प्राप्तिको खुशीयालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले विजय मनाउने उत्सवको रूपमा अन्नते पर्वलाई मनाउने गरिन्छ ।

भाद्र पूणर्िमाको दिनबाट शुरु हुने अनन्ते मेलालाई स्थानीयवासीले विशेष महत्वका साथ मनाउने गर्दछन् । यो मेलामा मेला अवधिभर आ-आफ्नै शैली र परम्परा झल्किने गरी स्थानियहरुले देउडा खेल्ने प्रचलन छ ।
मेलामा मागल, लाखेनाच, पाण्डवको युद्ध कौशल, युद्ध नीतिका बारेमा चर्चा गरी देउडा खेल्ने यो मेला अन्यायको अन्त्य भन्ने शब्द अपभ्रंश भएर अनन्ते भएको किंवदन्ती छ ।

बाजुराबासीको मौलिक साँस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले बडो महत्वका साथ मनाउने गरेका छन् । अनन्तेलाई दशै तिहार जस्तै उत्साह र उमंगका साथ मनाउने गर्छन । भाद्र शुक्ल पूणर्िमाका दिन सुरु हुने पर्व विधिवत रुपमा मनाईने गरेको पाइन्छ ।
अनन्ते मेला महाभारतमा कौरवसँगको लडाइमा पाण्डवहरुले गरेको विजय प्राप्तिको खुसियालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजय उत्सवको रुपमा लिने गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार