शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • बाजुरामा चुनाव गराउन गाउँ-गाउँमा खटाईए कर्मचारी

बाजुरामा चुनाव गराउन गाउँ-गाउँमा खटाईए कर्मचारी

  • आइतवार, बैशाख २५, २०७९
बाजुरामा चुनाव गराउन गाउँ-गाउँमा खटाईए कर्मचारी

बाजुरा — बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाजुराका ९ वटै स्थानीय तहमा कर्मचारीहरु खटाईएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र, मतपत्र लिई जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिका तथा मतदानकार्यमा चाहिने आवश्यक सामाग्री लिएर कर्मचारी गाउँ खटाईएको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ ।

No description available.
बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा बाजुरा जिल्लामा ५ सय ५८ जना कर्मचारी खटाईएका छन । जसमध्ये १ सय १२ जना मतदान अधिकृत र १ सय १२ जना सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरि ५ सय ५८ जना कर्मचारी खटाईएका छन् ।

No description available.
जिल्लाका ९ स्थानीय तहमा १ सय १२ ओटा मतदान केन्द्र र ७० वटा मतदान स्थलहरु रहेका छन् । सोही मतदान केन्द्र र मतदान स्थल अनुसार कर्मचारी ब्यबस्थापनमा ५ सय ५८ जना कर्मचारीहरूको ब्यवस्थापन गरिएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

No description available.
बाजुरामा ८२ हजार ६ सय ९० मतदाता रहेका छन् । कुल मतदाता मध्ये ४२ हजार १ सय ५१ पुरुष र ४० हजार ५ सय ३७ महिला गरि जम्मा ८२ हजार ६ सय ९० जना मतदाताहरुले मतदान गर्ने भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार