मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • पाण्डुसैन घटना : दुईजना काँग्रेस कार्यकर्ता प्रक्राउ, समाजवादीका सचिब रावतलाइ उपचारका लागी मार्तडी ल्याइदै

पाण्डुसैन घटना : दुईजना काँग्रेस कार्यकर्ता प्रक्राउ, समाजवादीका सचिब रावतलाइ उपचारका लागी मार्तडी ल्याइदै

  • शुक्रबार, बैशाख २३, २०७९
पाण्डुसैन घटना : दुईजना काँग्रेस कार्यकर्ता प्रक्राउ, समाजवादीका सचिब रावतलाइ उपचारका लागी मार्तडी ल्याइदै

बाजुरा–बाजुराको बुढिनन्दा नगरपालिका वडा न ९ पाण्डुसेनमा भएको घटनाका मुख्य दोषिलाई प्रहरिले प्रक्राउ गरेको छ । स्थानिय काँग्रेस कार्यकर्ता नरेन्द्र सार्की र केशब कार्कीलाई प्रहरीले प्रक्राउ गरेर सदरमुकाम ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन ।
पाण्डुसेन दिनभर तानबग्रस्त बनेको छ । प्रहरी स्थिति नियन्त्रणमा लिनका लागि १४ राउन्ड हवाइ फायर समेत गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी चर्तुभुज ओझाले वताए । घटना स्थलमा प्रहरी प्रमुख सहितको टोली पुगेर दुईजना प्रक्राउ गरेर ल्याउन लागेको प्रहरीले जनाएको छ ।
घाइते समाजवादीका जिल्ला सचिब पुर बहादुर रावत र खडक बोहोरालाई पनि प्रहरीलेनै उपचारका लागि सदरमुकाम मार्तडी ल्याइदै गरेको प्रहरीले जनाएको छ । रावतको हातमा चक्कु प्रहार भएको प्रहरिले जनाएको छ ।
दिउसो नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप भएको छ । सामाजवादीका कार्यकर्ता प्रहरी चौकीमा संरक्षण लिन पुगेका थिए । सामाजवादीका कार्यकर्ता चौकि भित्र रहेको भन्दै काँग्रेस कार्यकर्ताले प्रहरी चौकि माथिनै आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन ।
झडपमा नेकपा एकिकृत समाजबादी पार्टीका जिल्ला सचिव पुर बहादुर रावतलाई नेपाली काँग्रेकाका कार्यक्रताले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । नेकपा एकिकृत समाजबादी पार्टी र नेपाली काँग्रेसका कार्यक्रता बिच झडप हुदा चक्कु प्रहार गरि रावत घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीले स्थिती नियन्त्रण लिनका लागि दिनभर १४ राउन्ड गोलि चलाएको छ । अहिले त्यहाँ स्थिति सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।
एकिकृत समाजबादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेस र समाजवादीका कार्यकर्ता बिच दोहोर झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन । एकिकृत समाजबादीका कार्यक्रताहरु प्रहरी चौकीमा संरक्षण लिन पुगेपछी प्रहरीले संरक्षण गरेको भन्दै नेपाली काँग्रेसका कार्यक्रताहरुले प्रहरी चौकी समेत तोडफोड गर्न खोज्दा प्रहरीले हवाई गरेको सुचना अधिकारी बोगटीले जानकारी दिएका छन । झडपमा प्रहरी सहित समाजवादीका जिल्ला सचिब पुर बहादुर रावत, खडक बोहोरा, घाइते भएका छन् । प्रहरी १६ जना घाइते भएका छन्, भने २ जना काँग्रेस कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार