शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • २८ जना अनाथ तथा टुहुरा बालबालिकालाई शैक्षिक साम्रगी बितरण

२८ जना अनाथ तथा टुहुरा बालबालिकालाई शैक्षिक साम्रगी बितरण

  • शुक्रबार, बैशाख २३, २०७९
२८ जना अनाथ तथा टुहुरा बालबालिकालाई शैक्षिक साम्रगी बितरण

बाजुरा — बडिमालिका नगरपालिकाका ९ ओटै वडाका २८ जना अनाथ तथा टुहुरा बालबालिकाहरुलाई शैक्षिक साम्रगी बितरण गरिएको छ । बडिमालिका नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उप शाखाको समन्वय तथा युनिसेफको आर्थिक सहयोगमा शैक्षिक साम्रगी बितरण गरिएको हो ।

No description available.
नगरपालिका भित्र रहेका अनाथ तथा असाय टुहुरा बालबालिका शैक्षिक सुधार गर्न सो साम्रगी बितरण गरिएको बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले बताए । प्रति बालबालिका झोला, कापी डटपेन, ज्यामितीय बक्स लायतका शैक्षिक साम्रगी बितरण गरिएको महिला बालबालिका तथा समाज कल्याण उप शाखा सहायक महिला बिकाश निरीक्षक बिन्दु बडालले बताएकी छन ।

No description available.
शैक्षिक साम्रगी बितरण कार्यक्रममा बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन गरिएको थियो कार्यक्रममा बडिमालिका नगरपालिका उप प्रमुख कबिता बिष्ट र प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल र महिला बालबालिका तथा समाज कल्याण उप शाखा प्रतिनिधी शोभा शाही अतिथि रहेका थिए ।  सहायक महिला बिकाश निरीक्षक बिन्दु बडालले संचालन गरेको कार्यक्रममा नौ ओटै वडाका बालबालिकाहरुको सहभागीता रहेको थियो ।

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार