शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • गड्खेतमा कृषि पाठ्साला कार्यक्रम सम्पन्न

गड्खेतमा कृषि पाठ्साला कार्यक्रम सम्पन्न

  • मङ्लबार, बैशाख २०, २०७९
गड्खेतमा कृषि पाठ्साला कार्यक्रम सम्पन्न

बाजुरा — बडिमालिका नगरपालिका वडा न ८ गड्खेतमा कृषि पाठ्साला कार्यक्रम सम्पन्न भएको छ । लि वोड नेपाल र कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक सहयोग माश्रि गड्खेत कृषक समूह बडिमालिका नगरपालिका वडा न ८ गड्खेतको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । हरेक वर्षको प्रत्यक ६ महिनामा चल्ने पाठशाला कृषकहरूले गरेका हरेक गतिविधिहरू लाई उपलब्धिका रूपमा लिने उदेस्यका साथ सो कार्यक्रम संचालन गरिने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
प्रत्यक ६ महिनामा पाक्ने गँहु खेतिको बिषयमा बडिमालिका नगरपालिका वडा न ८ गड्खेत कृषक समुहलाई लक्षित गरि त्यहाँका किशान हरूको प्रगतिको बारेमा छल्फल गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता गड्खेत कृषक समुहका अध्यक्ष जंग बहादुर रावलको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि कृषि ज्ञान केन्द्रका प्रमुख हरिप्रसाद पनेरू रहेका थिए । विशिष्ट अतिथिका रुपमा बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरले रहेका थिए भने उक्त कार्यक्रममा सो सेवा क्षेत्र भित्रका कृषकहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार