शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराका बजार क्षेत्रमा लगाएका राजनितीक दलका तोरण तत्काल हटाउन मुख्य निर्बाचन अधिकृतको अनुरोध

बाजुराका बजार क्षेत्रमा लगाएका राजनितीक दलका तोरण तत्काल हटाउन मुख्य निर्बाचन अधिकृतको अनुरोध

  • मङ्लबार, बैशाख २०, २०७९
बाजुराका बजार क्षेत्रमा लगाएका राजनितीक दलका तोरण तत्काल हटाउन मुख्य निर्बाचन अधिकृतको अनुरोध

बाजुरा — जिल्ला सदरमुकाम मार्तडीको लोकतान्त्रीक चोक र बजारमा लगाएका राजनितक दलका निर्बाचन चिन्ह अंकित तोरण तत्काल हटाउन मुख्य निर्बाचन कार्यालयले अनुरोध गरेको छ । बिभिन्न समाचार माध्यायममा समाचार प्रकाशन पछि मुख्य निर्बाचन अधिकृतको कार्यालयको ध्यान गएको र सो कार्यलाई तत्काल कार्यन्वयन गर्ने मुख्य निर्बाचान अधिक माधव प्रसाद घिमिरेले बताए । जिल्ला प्रशासन कार्यलयमा सर्ब पक्षिय बैठकमा बोल्दै मुख्य निर्बाचन अधिकृत घिमिरेले बजार क्षेत्र र जिल्लाका नौ ओटै स्थानीय तहमा यस्तो भए गरेको भए सम्बन्धीत राजनितीक दललाई कार्बाहीको दायरामा ल्याउने बताएका छन ।
बैठक पश्चात नेपाली काग्रेसका सभापती रामसिंह रावल र नेकपा एमालेका जिल्ला सचिव भरत रोकायाले आफ्ना कार्यक्रतालाई भनेर बजारमा लगाए का तोरण तत्काल हटाउन लगाउने यस्ता गल्ती फेरी दोहोरीन नदिन सर्तक रहको बताएका छन ।

No description available.
आचार संहिताको ठाडो उल्लघन, सम्बनधीत निकाय मौन समाचार पछि मुख्य निर्बाचन अधिकृत आफैले आयोगको नियम पालन गर्नुपर्ने भएकोले आचार संहिताको उल्लघन नगर्न अनुरोध गरेका छन । यता राजनितिक दलका नेताहरुले मुख्य निर्बाचन अधिकृतको भनाईलाई आत्मसाथ गर्दै बजारमा लगाएका तोरण हटाउने प्रतिबद्धता ब्यक्त गरेका छन । उनिहरुले आजैदेखी आचार संहिताको पुणर् पालना गर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन ।
आसन्न स्थिानीय तहको निर्बाचनलाई स्वच्छ, निष्पक्ष मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला स्थित राजनितिक दलहरुले संयम हुन मुख्य निर्बाचन अधिकृत माधव प्रसाद घिमिरेले अनुरोध गरेका छन । जिल्ला स्थित सर्वपक्षिय बैठकमा बोल्दै मुख्य निर्बाचन अधिकृत घिमिरेले सबै राजनितिक दलहरुले संयमित भई चुनावी कार्यक्रममा सहभागी हुन अनुरोध गरेका हुन ।
प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको अध्यक्षतामा बसेको जिल्ला स्थित सरोकारवाला, सुरक्षा निकाय राजनितक दल नागरिक समाज लगायतको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार