आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले फुटको चपेटामा जुकोटका दलित

नेकपा एमाले फुटको चपेटामा जुकोटका दलित

कहिले स्वतन्त्र रुपमा भोट हाल्न पाएनन

  • शनिबार, बैशाख १७, २०७९
नेकपा एमाले फुटको चपेटामा जुकोटका दलित
बाजुराको स्वामीकार्तिकखापर गाउँपालिका ३ जुकोटको गाउँ

बाजुरा–बाजुराको स्वामीकार्तिकखापर गाउँपालिका ३ जुकोटका दलित समुदाय नेकपा एमाले फुटको चपेटामा परेका छन् । नेकपा एमाले नफुट्नु भन्दा पहिला जुकोटका माथिल्लो जातका अधिकांश एमाले थिए । दलित समुदाय पनि माथिल्लो जातको निर्देशनमा भोट हाल्ने गरेका थिए । त्यो बेला पनि उनिहरु स्वतन्त्र रुपमा भोट हाल्न नपाएपनि एमाले भन्दा अर्को पाटिको हस्तक्षेपमा थिएन् ।
एमाले फुट सँगै जुकोट गाउँ दुईचिरामा परिणत भयो । अहिले गाउँपालिकाको अध्यक्ष उम्मेदवारमा जुकोट गाउँका नेकपा एमाले बाट चर्तुभुज शाही, नेकपा समाजवादी बाट चिरञ्जिवी शाहि उम्मेदवार छन् । चिरञ्जिवीलाई माओवादीको समेत साथ रहेको छ भने २०७४ सालको स्थानिय चुनावमा काँग्रेसलाई हराउदै गाउँपालिका अध्यक्ष समेत जितेका थिए । जुकोटमा काँग्रेस र माओवादी पनि छन्, तर उल्लेखनिय मात्रामा समाजवादी र एमाले नै बढीरहेको छ ।
साविकको जुकोट अहिले एउटा वडामा मात्र रहेको छ । वडामा २ हजार ९६ मतदाता रहेका छन् । दलित समुदायको २ सय १८ परिवार बसोवास रहेका छन् । गाउँ दुई चिरामा परिणत भए अर्को दुबै अध्यक्षका उम्मेदवार यही वडामा भएपछि निकै चपेटामा परेको स्थानिय दलित समुदायले वताएका छन् । स्थानिय मन कामीले भने एकलाई सहयोग गरे अर्को आफुहरु माथि जाइ लाग्ने पहिला पनि साहुको निर्देशनमा भोट हाल्ने गरेका थियौ, अब कसरि भोट हाल्ने कसको निर्देशन मान्ने बताए ।
अहिले पनि जता साहु उतै भोट हाल्नु पर्ने अबस्था रहदै आएको थियो । हलिया बसेकाले साहुलाई नै सोध्दछन्, नबसेका दलित समुदायले पनि माथिल्लो जातकालाई सोधेर भोट हाल्ने गरेका थिए । दलित समुदायका ३ सय ६१ भोट रहेका छन् । नाम नभन्ने सर्तमा एकजनाले भने आफ्नो दुई जना साहु रहेका छन् । दुबै फरक फरक पार्टिमा छन्, एकलाई सहयोग गरे अर्कोको डर अर्कोलाइ सहयोग गरे एकको डर यो चुनाव निकै त्रासयि वाताबरणमा रहेको उनले वताए ।
७४ बर्षिय नन्दे लुवार भन्छन्, अहिले सम्म पनि स्वतन्त्र रुपमा मतदान गर्न नपाएको बताउछँन् । उनि २०४६ देखी मतदानमा सहभागि भएपनि अहिले सम्म आफ्नो विबेक प्रयोग गरेर भोट हाल्न नपाएको वताए । उनले धेरै चुनावमा भाग लिन पाएको भएपनि स्वतन्त्र रुपमा कुनै चुनावमा पनि भोट हाल्न पाएका छैनन् । यो पालि पनि जता माथिल्लो जातकोले भन्यो, उतै भोट हाल्ने तयारीमा रहेको वताए । तर माथिल्लो जातका पनि दुइ चिरामा भएपछि कसको भनेको मान्ने निकै चिन्ता भएको वताए ।
जुकोटका अधिकांश दलित परिवार ठकुरी जातिको हलिया बस्दै आएका छन् । जता उहाँहरुले भन्यो त्यतै भोट हाल्ने गरेका छौ, यो बर्षमा पनि त्यहि गर्ने गरेको दलित अगुवा मनि विकले वताए । शुरु शुरुका चुनावमा भोट हाल्न लायनमा बस्ने गरेका थियौ, ठकुरी आएर लायन बाटनै मतपत्र खोसेर उनिहरु हाल्ने गरेका थिए । २०७४ सालमा पनि देखाएर नै भोट हाल्नु परेको थियो, असाक्षर र बुढापाकाहरुको भने उनिहरुले आफै हालि दिने गरेको करु कडाराले वताए ।
दलित समुदाय ठुलापटा, कडारवाडा र लुवारवाडा टोलमा बसोवास गर्छन् । दलित समुदायलाई हलिया राखेको भएपनि कमाराका रुपमा ठकुरी जातिले ब्यवहार गर्ने गरेका छन् । सधै दवाफमा पर्ने गरेका छौ, स्वतन्त्र रुपमा कहिल्यै भोट हाल्न पाउदैनौ जशु कडाराले वताए । आफुले मतदानमा गर्न ४ पटक पाएपनि आफु लायनमा बसेपछि अरुले खोसेर भोट हालेको वताए । उनिहरुको माथतमा बसेका छौ, कसरी अरु ठाँउमा भोट हाल्ने जशुले वताए । आफुहरुलाइ चुनाव आएन पनि कुनै वास्ता नभएको बताए ।
२०७० सालको संबिधान सभाको चुनावमा सोही गाँउमा मतदान अधिकृत बनेर गएका बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले भने दलित समुदायको कुनै वास्ता नहुने गरेको वताए । ति दलित परिवारले त जे ठकुरीले भन्यो त्यहिमा चल्नु पर्ने रहेको वताए । उनिहरु मताधिकार बाट सधै बञ्चित हुने गरेको शाहले वताए । त्यति मात्र नभई त्यो गााउका दलितले केही सामान्य सामाजिक काम गर्दा पनि ठकुरीलाई सोधेर गर्नु परेको वताए । जुकोटमा ठकुरी र क्षेत्रि गरि ४ सय ६५ परिवार बसोवास गर्दै आएका छन् । सो गाउँका ठकुरी जातिले भने पहिला अलि हुन्थ्यो, तर अब त्यो नहुने भन्दै वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार