आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • चार नगरपालिका बाट काँग्रेसले उम्मेदवारी सिफारीस गर्दै

चार नगरपालिका बाट काँग्रेसले उम्मेदवारी सिफारीस गर्दै

  • शुक्रबार, बैशाख ९, २०७९
चार नगरपालिका बाट काँग्रेसले उम्मेदवारी सिफारीस गर्दै

बाजुरा–नेपाली काँग्रेसले बाजुराका चार नगरपालिका बाट आज उम्मेदवारी सिफारीस गर्ने भएको छ । नेपाली काँग्रेस बाजुराले प्रदेशमा सिफारीस गरेको उम्मेदवारी प्रक्रिया नपुगेको भन्दै पुन सिफारीस गर्न पत्रचार गरेको थियो । काँग्रेसको बिधान अनुसार उम्मेदवारी सिफारीस नगरेको भन्दै फेरि पालिका स्तर बाट नै सिफारीस गर्न नेपाली काँग्रेस प्रदेश कमिटिले पत्राचार गरेको हो ।
प्रदेशले पत्रचार गरे अनुसार बाजुराको बुढिगंगा, त्रिबेणी, बडिमालिका र बुढिन्नदा नगरपालिका बाट आजै बिद्यान अनुसार नगरप्रमुख र उपप्रमुखको सिफारीस जिल्ला कार्यसमितिमा पठाइसक्नु पर्ने रहेको छ । बडिमालिका नगरपालिका नगर कार्यसमिति सभापति गोपाल कार्कीले भने सिफारीस बारे बैठक भइरहेको आजै जिल्ला कार्यसमितिमा सिफारीस गरिसक्ने वताएका छन् । अन्य पालिकामा पनि बैठक बसिरहेको काँग्रेसले जनाएको छ ।
नेपाली काँग्रेसले गाउँपालिकाको उम्मेदवारी जिल्लामै टुङ्गो लगाउनु पर्ने भएपनि नगरपालिकाको भने प्रदेशमा सिफारीस गर्नुपर्ने रहेको छ । पालिका बाट नगरप्रमुखमा एकजना महिला सहित तिनजना सिफारीस गर्नुपर्ने बिधानमा रहेको छ । तर बाजुराका चार स्थानिय तहले सिफारीसमा धेरै नाम पठाएको जिल्ला कार्यसमितिले भने बिद्यान अनुसार प्रदेशमा नाम सिफारीस गरेको दाबि गरेको छ ।
पालिका बाट नै बिद्यान अनुसार एकजना महिला पर्ने गरि तिन जना मात्र सिफारीस भएर जिल्ला आउनुपर्ने जिल्ला बाट तिनजना नै प्रदेश सिफारीस गर्नुपर्ने बिद्यानमा छ, तर बाजुरा काँग्रेसले त्यो नगरेकाले पुन पत्रचार गरेको प्रदेशका एक काँग्रेस नेताले वताएका छन् । नेपाली काँग्रेस बाजुरा सभापति रामसिं रावलले मनोमानी सिफारीस गरेको भन्दै देउवा पक्षधर नेता तथा कार्यक्रताले चर्को बिरोध जनाएका थिए । रावलले भने जिल्ला बाट पठाउदा बिद्यान बमोजिम सिफारीस गरेको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार