आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरा काँग्रेसले उम्मेदवारी सिफारीस प्रक्रिया नपुर्याएको भन्दै फेरि पठाउन प्रदेशको पत्रचार

बाजुरा काँग्रेसले उम्मेदवारी सिफारीस प्रक्रिया नपुर्याएको भन्दै फेरि पठाउन प्रदेशको पत्रचार

  • बिहिबार, बैशाख ८, २०७९
बाजुरा काँग्रेसले उम्मेदवारी सिफारीस प्रक्रिया नपुर्याएको  भन्दै फेरि पठाउन प्रदेशको पत्रचार

बाजुरा–नेपाली काँग्रेस बाजुराले प्रदेशमा सिफारीस गरेको उम्मेदवारी प्रक्रिया नपुगेको भन्दै प्रदेशले पुन सिफारीस गर्न पत्रचार गरेको छ । काँग्रेसको बिधान अनुसार उम्मेदवारी सिफारीस नगरेको भन्दै फेरि पालिका स्तर बाट नै सिफारीस गर्न नेपाली काँग्रेस प्रदेश कमिटिले पत्राचार गरेको हो ।
नेपाली काँग्रेसले गाउँपालिकाको उम्मेदवारी जिल्लामै टुङ्गो लगाउनु पर्ने भएपनि नगरपालिकाको भने प्रदेशमा सिफारीस गर्नुपर्ने रहेको छ । पालिका बाट नगरप्रमुखमा एकजना महिला सहित तिनजना सिफारीस गर्नुपर्ने बिधानमा रहेको छ । तर बाजुराका चार स्थानिय तहले सिफारीसमा धेरै नाम पठाएको जिल्ला कार्यसमितिले भने बिद्यान अनुसार प्रदेशमा नाम सिफारीस गरेको दाबि गरेको छ ।
पालिका बाट नै बिद्यान अनुसार एकजना महिाल पर्ने गरि तिन जना मात्र सिफारीस भएर जिल्ला आउनुपर्ने जिल्ला बाट तिनजना नै प्रदेश सिफारीस गर्नुपर्ने बिद्यानमा छ, तर बाजुरा काँग्रेसले त्यो नगरेकाले पुन पत्रचार गरेको प्रदेशका एक काँग्रेस नेताले वताएका छन् । नेपाली काँग्रेस बाजुरा सभापति रामसिं रावलले मनोमानी सिफारीस गरेको भन्दै देउवा पक्षधर नेता तथा कार्यक्रताले चर्को बिरोध जनाएका थिए । प्रदेश बाट पत्रचार भएपछि पुन पालिका बाट नाम सिफारीस गर्न लागेको काँग्रेसले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार