आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • राजनीति
  • दलहरूकाे आन्तरिक लफडा : बाजुरामा सत्ता गठबन्धन भाँडियो

दलहरूकाे आन्तरिक लफडा : बाजुरामा सत्ता गठबन्धन भाँडियो

बाजुरामा गठबन्धनको बैठक बिना निस्कर्ष टुङगियाे

  • आइतवार, बैशाख ४, २०७९
दलहरूकाे आन्तरिक लफडा : बाजुरामा सत्ता गठबन्धन भाँडियो

बाजुरा — बाजुरामा सत्तारुढ दलहरु बीच हुने भनिएको गठबन्धन भाँडिएको छ । दलहरूका आ-आफ्नै दाबी र अडानका कारण असहमति भएर बैठक भाडिएकाे हाे । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनका लागि बनेको नेपाली काग्रेस लगायतका दलहरुको गठबन्धनमा कुनै पनि दलका कुरा नमिल्दा बैठक बिना निस्कर्ष सकिएकाे नेपाली काँग्रेस बाजुराले जनाएकाे छ ।

बाजुरा सदरमुकाम मार्तडीमा निरन्तर बसेको बैठक बिना निस्कर्ष टुङगिएको जनाएको छ । ३ दिन सम्मको छलफलमा कुनै निस्कर्ष नआउदा गठबन्धनमा रहेका नेपाली काँगेस, नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादी बिच सहमती नहुदा बिना निष्कर्ष बैठक टुङगिएको नेपाली काँग्रेस बाजुराका सह सचिव कृष्णराज पाध्यायले बताएका छन । उनले दिएको जानकारी अनुसार स्थानीय तहका कमिटिलाई नै जिम्मा दिने गरी जिल्ला कार्य समितिको बैठक टुङगिएको  पाध्यायले बताए ।
नेपाली काग्रेस, नेकपा माओबादी र नेकपा एकिकृत समाजबादीका नेताहरुको कुनै पनि स्थानीय तहको वडा देखी पालिकासम्म सहमती नहुदा गठबन्धनको बैठक बिना निस्कर्ष  बनेकाे छ ।
यता नेकपा माआबोदी केन्द्र र नेकपा एकिकृत समाजबादीका नेताहरुले भने सहमतीको प्रयास जारी रहेको बताएका छन । बैठकमा तीन वटै दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बाजुरामा काँग्रेस भित्रै पनि आन्तरिक द्वन्द्व भएका कारण गठबन्धन बन्ने कुरामा माओवादी र एकीकृत समाजवादीले आशंका गरेको जनाएको छ ।

काँग्रेस,माओवादी र एकीकृत समाजवादीले आ-आफ्नै दाबी कायमै राखे पछि प्रदेशमा सिफारिस गरिएको एकिकृत समाजबादीका नेता पुर बहादुर रावतले बताएका छन । उनले दिएको जानकारी अनुसार केही वडा पालिकाहरूमा सहमतीको प्रयास जारी नै रहेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार