शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • सहास नेपालद्धारा समाबेशी तथा गुणस्तरीय शिक्षा परियोजना समिक्षा गोष्ठी सम्मपन्न

सहास नेपालद्धारा समाबेशी तथा गुणस्तरीय शिक्षा परियोजना समिक्षा गोष्ठी सम्मपन्न

  • मङ्लबार, चैत्र १५, २०७८
सहास नेपालद्धारा समाबेशी तथा गुणस्तरीय शिक्षा परियोजना समिक्षा गोष्ठी सम्मपन्न

बाजुरा — सहयोगी हातहरुको समूह सहास नेपाल परियोजनाले बडिमालिका नगरपालिका ५ मनामा गरेका काम बारे समिक्षा गोष्ठी गरेको छ ।
सहास नेपालद्धारा संचालित समाबेशी तथा गुणस्तरिय शिक्षा परियोजना बाजुराले आर्थिक बर्ष सन २०२१ मे देखी २०२२ अप्रील १५ भित्रमा गरिएका कार्यक्रमहरुको संयूक्त अनुगमन तथा समिक्षा गरिएको छ ।
वडा नम्बर ५ मनाको कैलाशेश्वरी माबिमा अध्यक्षरत बिद्यार्थीहरुको शैक्षिक गुणस्तर राम्रो बनाउन गरिएको पहल बारेमा समिक्षा गोष्ठी गरिएको सहास नेपालका परियोवना अधिकृत्त राम बहादुर खत्रीले बताए ।
कैलाशेश्वरी माबिमा अध्यनरत ६ कक्षा देखी ९ कक्षा सम्मका किशोरीहरुको संबाद केन्द्र मार्फत गाउमा हुने कुप्रथाको रुपमा जगडीएर हरेका बालबिहाह, छाउपडी प्रथा, महिनावबरी हुदा छात्रा बिद्यालय नजान पाउने कुरा कुप्रथा भएको भन्ने सन्देश संबाद केन्द्र मार्फ छलफल गरेर परिवार र समाजलाई रुपन्त्रणमा अग्रसर हुन सहास नेपालको महत्वपूर्ण भूमीका रहेको कक्षा ९ मा अध्यानरत प्रमिला थापाले बताईन ।
उनले भनिन संबाद केन्द्र सुरु नहुदा यस्ताका कुराको कुनै जानकारी नै थिएन । सम्बाद केन्द्र सुरु पछि किशोरीहरुले खेलेर स्कुल घरपरिवार र समाजको अगाडी खुलेर बोल्न सक्ने भएका छन् । संबाद केन्द्र संचालन भएको चार महिना भयो धेरै कुराको अभ्यास भईरहको छ । यो कार्ययोजना नै बनाएर स्थानिय सरकारलाई जवाफ देखी बनाउन लागि परेको साउदले बताईन् ।
अनुगमन टोलीमा बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल नगरपालिकाका शिक्षा शाखा प्रमुख रंगमल बिक, सहास नेपालका परियोजना अधिकृत्त रामबहादुर खत्री, पत्रकार महासघका उपाध्यक्ष पदम सिंह लगाएत अन्यको उपस्थिति रहको थियो ।
अनुगमन पश्चाप समिक्षा गोष्ठीमा नगर प्रमुख पदम बडुवालले सहास नेपालले गरेको रहयोग प्रति धन्यबाद दिएका थिए । बडिमालिका नगरपालिकाको शैक्षिक गुणस्तरलाई सहास नेपालले महन्वपूर्ण सहयोग गरेको उनले बताए ।
सहास नेपालले थालेको काम अभियानमा कैलाशेश्वरी माबिका बिद्यार्थीहरुलाई निरन्तरताको लागि शिक्षकहरुको पनि महत्वपूर्ण भूमीका रहेको बताए ।
कैलाशेश्वरी माबिका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रमेश चंदाराको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहेका थिए । भने परियोजना मार्फत भए गरेका काम बारे सहास नेपाल परियोजना अधिकृत्त रामबहादुर खत्रीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार