शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • सुनको सिक्री चोरेर भाग्ने दुईजना पक्राउ

सुनको सिक्री चोरेर भाग्ने दुईजना पक्राउ

  • बिहिबार, फाल्गुन २६, २०७८
सुनको सिक्री चोरेर भाग्ने दुईजना पक्राउ

बर्दिया — प्रहरीले सुनको सिक्री चोरी गरी भाग्दै गरेका दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पर्सा रानीघाट नगरपालिका–२० बस्ने २१ वर्षीय राकेश सिह राठौर र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्।

बढैयाताल गाउँपालिका–८ शितलाबजारमा सोही गाउँपालिका–८ कण्ठपुर बस्ने ४८ वर्षीया महिलाको सुनको सिक्री चोरी गरी भाग्दै गरेको अवस्थामा उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।दिनेशखबरबाट

चर्चामा

सम्बन्धित समाचार