शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • कागजमा १८८ बच्चा जन्माएर सरकारसँग करोडौं ठगी

कागजमा १८८ बच्चा जन्माएर सरकारसँग करोडौं ठगी

  • बुधबार, फाल्गुन २५, २०७८
कागजमा १८८ बच्चा जन्माएर सरकारसँग करोडौं ठगी

आजकल धेरै मानिसहरू सजिलै पैसा कमाउने उपाय खोजिरहेका हुन्छन् । यसका लागि केही मानिसले ठगीका नयाँ-नयाँ तरिकाहरू अपनाउँछन् । बेलायतमा बस्ने ४० वर्षका एक व्यक्तिले धोकाको एक नयाँ कीर्तिमान कायम गरेका छन् । उनले एउटा यस्तो अनौठो कथा तयार गरे कि सरकारसँग ३० करोड रुपैयाँ भन्दा धेरै ठगी गरे ।

जब ती व्यक्तिको पोल खुल्न पुग्यो तब सबै हैरान भए । ठगीको यस्तो उपाय पनि हुन्छ भन्ने धेरैले कल्पना पनि गरेका थिएनन् ।

बच्चाको हेरचाह र पालनपोषणका लागि सरकारले दिने रकम दम्पच पार्नका लागि ती व्यक्तिले आफ्ना १ सय ८८ जना बच्चा रहेको भन्ने नक्कली कागज पेस गरेर बेलायत सरकारबाट झण्डै ३० करोड रुपैयाँ बराबरको रकम हात पारेका थिए ।

अली बाना मोहम्मद नामका ती व्यक्ति आफ्ना १८८ जना नकक्ली बच्चाको सूची तयार पार्नका लागि केही साथी तथा नातेदारको सहयोग लिएका थिए । तर खासमा उनका एकजना पनि बालबच्चा छैनन् ।

उनले आफ्ना सारा १८८ जना काल्पनिक बच्चाको जानकारी आफ्नो डायरीमा लेकेका थिए । त्यसैको आधारमा उनले गुजारा भत्ता लिनका लागि सरकारी निकायमा दाबी पेश गर्दथे । राजश्व तथा भन्सारका अनुसन्धानकर्ताहरुलाई आशंका नहुँदासम्म उनले बच्चाको पालन खर्च र करछुटबापत करोडौं रकम झ्वाम पारेका थिए ।

दुईवटा फोन नम्बरबाट धेरैपटक रकम दाबीका लागि फोन आउने गरेको र बच्चाको नामचाहिं पटकै पिच्छे फरक-फरक हुने गरेको पाएसँगै पेन्सन विभागलाई शंका लाग्यो । त्यसपछि घटनाको अनुसन्धान सुरु गरियो जसबाट उक्त ठगीको पर्दाफास भयो ।

उक्त काण्डमा संलग्न ६ जनालाई अन्ततः बेलायतको लिभरपुल क्राउन अदालतले कूल १३ वर्षको जेल सजाय सुनाएको छ । यसका मास्टरमाइन्ड अर्थात् १ सय ८८ काल्पनिक बच्चाको नक्कली पिता अलीलाई साढे ३ वर्षको जेल सजाय सुनाइएको छ । अली यसअघि १६ वर्ष जेल बसिसकेका छन् ।

अनुसन्धानका क्रममा अलीले विभिन्न ७० वटा फरक फरक नामबाट कुल १ सय ८८ बच्चाको लागि पालनपोषण खर्च लिएको खुलेको थियो । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार