मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाचार
  • दाङमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु

दाङमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु

  • बुधबार, फाल्गुन २५, २०७८
दाङमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु

दाङ — दाङमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका-१ का २५ वर्षीय नरेन्द्र जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिसीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।

मंगलबार राति ९ बजे लमहीबाट भालुबाङ् जाँदै गरेको रा६प ६८४९ नम्बरको माेटरसाइकल र भालुबाङ्देखि लमहीतर्फ आउँदै गरेको बा१०च २५८१ नम्बरको कार लमही-३ बनगाउँस्थित पेट्रोल पम्प नजिकै एक आपसमा ठोक्किंदा दुर्घटना भएको थियो ।

मृतकको शव पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा छ । चालक भने फरार छन् । उनको खाेजी भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार