शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेपाल फोटो पत्रकार महासंघ बाजुराकाे गठन

नेपाल फोटो पत्रकार महासंघ बाजुराकाे गठन

  • मङ्लबार, फाल्गुन १०, २०७८
नेपाल फोटो पत्रकार महासंघ बाजुराकाे गठन

बाजुरा– नेपाल फोटो पत्रकार महासंघ बाजुराको अध्यक्षमा प्रेम रौले रहने गरी ९ सदस्यीय समिति गठन गरिएकाे छ ।  मंगलबार बडीमालिका नगरपालिकाको तालिमहलमा भएको नेपाल फोटो पत्रकारको पहिलो जिल्ला सम्मेलन सम्पन्न भएकाे हाे ।

जसमा अध्यक्ष प्रेम रौले, उपाध्यक्ष सोधा बिक, सचिव लक्ष्मीराज पाध्याय, कोषध्यक्ष प्रमित बिक, सह–सचिव जय रावत सदस्यहरु प्रकाश बिक, युवराज बडुवाल तुल्सा रोकाया र मिन बहादुर खड्का मनोनयन भएका छन । नेपाल फोटो पत्रकार महासंघ गठन कार्यक्रमकाको अध्यक्षता तदर्स समितिका अध्यक्ष प्रेम रौले रहेका थिए ।  बडीमालिका नगरपालिकाकी उपमेयर कविता बिष्ट कार्यक्रमको प्रमुख अतिथी रहेकी थिइन ।

लक्षमीराज पाध्यायले संचालन गरेकाे कार्यक्रममा बिशिष्ट अतिथी नेपाल पस युनियनका केन्द्रीय सदस्य एबम् नेपाल पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डित, प्रेस चौतारी नेपाल शुदुरपश्चिम प्रदेशका अध्यक्ष कृष्ण ओली, नेपाल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाश सिंह, नेपाल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बसन्त बिश्वकर्मा, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष मदनराज जोशी लगायत रहेका थिए । कार्यक्रमकाे स्वागत पत्रकार राम बहादुर बिकले गरेका थिए ।

फोटो पत्रकार संघ जनआन्दोलन २०६२-०६३ को क्रममा अप्ठ्यारो समयमा स्थापना भएको हो । आन्दोलनक्रममा सुरक्षाकर्मीबाट धरपकड भएपछि यहाँका फोटो पत्रकार संगठित भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार