
बाजुरा–बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ३ सय ५० परिवारमा राष्ट्रिय प्रशारण लाइन जोडिएको छ । गाउँपालिकाको वडानम्बर ७ लम्गाउँ र बुढाबाडाका ३ सय ५० परिवारमा राष्ट्रिय प्रशारण लाइन बिस्तार सँगै बिजुली बलेको नेपाली काँग्रेसका युवा नेता ताल बहादुर रावतले वताएका छन् ।
गाउँमा बिजुली बलेपछि स्थानियले खुशीयाली बनाएका छन् । अध्यारोमा बस्दै आएका गाउँले गाउँभरी झिलीमिल भएपछि दिपावली मनाएर खुशीयाली बनाएको स्थानिय पदम बुढाले वताएका छन् । बिजुलीका लागि धेरै ठाउँमा आग्रह गरयौ, बल्ल राष्ट्रिय प्रशारण लाइन जोडेपछि उज्यालो बाल्ने इच्छा पुरा भएको बुढाले वताएका छन् ।
पैसा हुनेले त सोलार किनेर उज्यालो बाल्ने गरेका थिए, पैसा नहुनेले झरो बाल्ने गरेका थियौ । राष्ट्रिय प्रशारण लाइन जोडन पहल गरयौ, काँग्रेस नेता ताल बहादुर रावतको नेतृत्वमा उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालय देखी बिद्युक्त प्राधिकरण सम्म डेलिकेशन तथा निबेदन दिएपछि गाउँमा झिलिमिलि भएको स्थानियले सुरेश कठायतले वताएका छन् ।
लामो प्रयास पछी गाउँमा सबैको सहयोगले नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाइन जोड्न सफल भएको नेता रावतले वताएका छन् । ३ सय ५० घर सँगै बिद्यालयमा समेत लाइन बिस्तार गरिएको छ । बिद्यालयमा समेत कम्पुटर कक्षा सञ्चालन गर्न निकै सहज भएको स्थानियले वताएका छन् । बिजुली बलेपछि घरमा साझ बिद्यार्थीलाई घरमा पढन सहज भएको बिद्यार्थीले वताएका छन् ।
बिद्युत्त प्राधिकरणले बाजुरामा राष्ट्रिय प्रशारण लाइन २०७७ फागुनमा जोडेको थियो । बाजुरामा पहिलो पटक बुढिगंगा नगरपालिका ३ मा ५१ घरमा बत्ति जोडेर समुदाय स्तरमा राष्ट्रिय प्रसारण लाइन बाट बत्ति बालेको थियो । दुईसाता पहिला मात्र बाजुराको सदरमुकाम मार्तडीमा राष्ट्रिय प्रशारण लाइन बिस्तार भएको थियो ।
बाजुरामा राष्ट्रिय प्रशारण लाइन बुढिगंगा नगरपालिका २ र ३ का २ सय ५० परिवार, ५ वटा बिद्यालय, सोही नगरपालिका १ का ६ सय परिवारमा बिजुली बालेको छ । त्यस्तै बडिमालिका नगरपालिकाको सदरमुकाम मार्तडी लगायत आसपासका २१ सय ७५ घरमा राष्ट्रिय प्रशारण लाइन जोडिएको छ । बुढिगंगा नगरपालिका १ र खप्तडछेडेदह गाउँपालिका ४ मा लाइन बिस्तार गर्ने क्रममा रहेको छ । बिद्युक्त प्राधिकरणले बाजुरामा ३४ सय परिवारमा राष्ट्रिय प्रशारण लाइन जोडेर सञ्चालनमा ल्याइसकेको छ । जिल्लाका अन्य क्षेत्रमा लाइन बिस्तार गर्ने क्रममा रहेको प्राधिकरणले वताएको छ ।


