• होमपेज
  • समाज
  • कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सबैले लाग्नुपर्ने सांसद थापा

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सबैले लाग्नुपर्ने सांसद थापा

  • सोमवार, माघ १०, २०७८
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सबैले लाग्नुपर्ने सांसद थापा

बाजुरा–कोरोना भाइरसको तेस्रो लहर फैलिरहेका बेला यसलाइ रोकथाम गर्ने सबैले आ आफ्नो क्षेत्र बाट लाग्नुपर्ने संघिय सांसद लाल बहादुर थापाले वताएका छन् । कोभिड भाइरस रोकथाम र बच्नका लागि एउटैको भुमिका नभइ सबैको भुमिका रहेको थापाले वताएका छन् ।
स्वास्थ्य कार्यलय बाजुराले आयोजना गरेको कार्यक्रममा सांसद थापाले कोभिडको महामारी फैलिरहेका बेला सरकारको मात्र नभई राजनितिकदल, नागरिक समाज, पत्रकार, व्यापारि सम्पुणर्को भुमिका रहेको वताए । साथै सञ्चारक्षेत्रको महत्वपुर्ण भुमिका रहेकोले यसमा सकारात्मक सन्देश दिन आग्रह गरेका छन् । स्वास्थ्य कार्यलय बाजुराले सदरमुकाम मार्तडीमा कोभिड १९ बिरुद्ध खोप कार्यक्रमको प्रगति समिक्षा गोष्ठि सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेलको अध्यक्षता भएको कार्यक्रममा सांसद लाल बहादुुर थापा रहेका थिए । थापाले कोभिड १९ लगायतका महामारी रोकथामका लागि समुदायस्तरमा जागरण अभियान ल्याउनुपर्ने वताए । सरसफाई कोरोनाका लागि मात्र नभइ आफ्ना लागि हो भन्ने भावना जानुपर्ने थापाले वताए । साथै थापाले जिल्लाको विकासका लागि सदैब आफु लाग्ने वताएका छन् ।
स्वास्थ्य कार्यलय बाजुराका कार्यलय प्रमुख दयाकृष्ण पन्तले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । स्वास्थ्य कार्यलय बाजुराका महेश चन्दले सञ्चालन गरेको कार्यक्रममा बाजुराको खोपको अबस्था कोभिड संक्रमित र उपचारका अबस्थाका बारेमा स्वास्थ्य कार्यलय बाजुराले जानकारी गराएको थियो ।
छलफलमा जिल्ला भित्रिने नाकामा हेल्थ डेस्कको स्थापना गनुपर्ने, समुदाय स्तरमा खोप लगाउनुपर्ने बारे सचेतना फैलाउनुपर्ने, समाजलाई भयबित भन्दा पनि सकारात्मक सन्देश दिनुपर्ने जोड दिएका छन् । बाजुरामा कोरोनाको पहिलो मात्रा ८० हजार ८ सय ८० लगाएका छन्, भने दोस्रो मात्रा ५७ हजार १ सय २५ जनाले खोप लगाएको कार्यलयले जनाएको छ । बाजुरामा कोरोनाको बुस्टर डोज माघ ११ र १२ गते लगाउने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार