बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

  • बिहिबार, पुस २९, २०७८
थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो ।

यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ६१० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार