बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराको खुला सर्त सकियाे, बन्दसर्त शनिबारबाट सुरु हुने

नेकपा एमाले बाजुराको खुला सर्त सकियाे, बन्दसर्त शनिबारबाट सुरु हुने

  • शुक्रबार, पुस २३, २०७८
नेकपा एमाले बाजुराको खुला सर्त सकियाे, बन्दसर्त शनिबारबाट सुरु हुने

बाजुरा — नेकपा एमाले जिल्ला कमिटि बाजुराको सातौँ महाधिबेशनको खुलासत्र सम्पन्न भएको छ । जिल्ला सदरमुकाम मार्तडीको समिक्षालयमा संचालन गरिएको खुलासत्र कार्यक्रम सम्पन्न भएको हो । नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष काली बहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटि सदस्य तथा स्थायी कमिटि सदस्य कणर् बहादुर थापा रहेका थिए ।
नेकपा एमाले जिल्ला कमिटि सचिव भरत बुढाले संचालन गरेको कार्यक्रमका बिषिष्ठ अतिथिहरुमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्र्चाज लाल बहादुर थापा, केन्द्रीय सदस्य तथा सुदुर पश्चिम प्रदेशका पुर्ब आन्तरिक मामिला तथा कानुन मन्त्री बाजुरा प्रदेश ख का सासंद प्रकाश शाह, केन्द्रीय सदस्य दयाल बहादुर शाही, सहदेब बोगटी, नेकपा एमाले केन्द्रीय कमिटि लेखा आयोग सदस्य बसुन्धरा रोकाया, नेकपा एमाले प्रदेश कमिटि उप सचिव बल्देब रेग्मी रहेका थिए ।
अधिबेशन सम्पन्न पश्चात नेकपा एमालेको बन्दसत्र शनिबार ११ बजेदेखी खेलकुदको कर्बडहलमा ११ बजेदेखी सुरु हुने नेकपा एमाले बाजुराका सचिव भरत बुढाले जानकारी दिएका छन । नयाँ नेतृत्वका लागि भोली नै छलफल हुने र प्रकृया अगाडी बढाउने सचिव बुढाले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार