मङ्लबार, माघ ४, २०७८

२ जना पुरुष मृत फेला

  • बिहिबार, पुस १५, २०७८
२ जना पुरुष मृत फेला

बझाङमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन्। छबिसपाथिभेरा गाउँपालिका–७ बुड्खोरीका वर्ष ४३ का जंग धामी र सुर्मा गाउँपालिका–१ दौलीचौरका वर्ष ४४ का किट्टु बोहरा मृत फेला परेका हुन्। उनीहरु फरक फरक ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

धामी घर नजिकै नौपाते भन्ने ठाउँमा बिहीवार बिहान मृत फेला परेका हुन्। भने, मंगलबारदेखि घरबाट हराएका बोहरा घरबाट केही टाढा पदाली भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताए।
धामी र बोहरा दुबै जनाको चिसोले कठ्यांग्रीएर ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ। दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमिखेत ल्याउन प्रहरी टोली खटाएको छ।

चर्चामा

सम्बन्धित समाचार