बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराको ७ औँ जिल्ला अधिबेशन केन्द्रीत बैठक सम्पन्न, यस्ता छन निर्णयहरू

नेकपा एमाले बाजुराको ७ औँ जिल्ला अधिबेशन केन्द्रीत बैठक सम्पन्न, यस्ता छन निर्णयहरू

  • सोमवार, पुस १२, २०७८
नेकपा एमाले बाजुराको ७ औँ जिल्ला अधिबेशन केन्द्रीत बैठक सम्पन्न, यस्ता छन निर्णयहरू

बाजुरा — नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बाजुराको अधिबेशन केन्द्रीत पुर्ण बैठक सम्पन्न भएको छ । यहि पौष २३ गते देखी हुने भनिएको जिल्ला अधिबेशनको तयारीका लागि जिल्ला कमिटिको बिभिन्न निणर्य सहित बैठक सम्पन्न भएको नेकपा एमाले प्रचार बिभाग प्रमुख अमर खड्काले बताएका छन ।
पौष ११ गते पार्टी कार्यालयमा जिल्ला कमिटिको बैठकले २३ गते देखी हुने अधिबेशनको ब्यबस्थापनका लागि बिभिन्न उप समितिहरु गठन गरी बैठक सम्पन्न भएको प्रचार बिभाग प्रमुख खड्काले जानकारी दिएका छन ।  सम्पुर्ण जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरु सहितको बैठक बोलाएर अधिबेशनको तयारीका लागि छलफल गरि बिभिन्न उप समिति गठन समेत गरिएकोले अब पाटी नेतृत्व सबै अधिबेशन केन्द्रीत गराउन बैठकले निणर्य गरिएको उनले बताएका छन ।
पार्टीको पुर्ण बैठकले बिभिन्न ८ ओटा निणर्य गरेको छ । जसमा अपानी अध्यायन तथा प्रस्तुत, केन्द्रीय कमिटिका जितेका केन्द्रीय सदस्यहरुलाई बधाई तथा धन्यबाद ज्ञापन, ७ औँ जिल्ला अधिबेशन र उपसमिति सम्बन्धमा निणर्य भएको प्रचार बिभाग प्रमुख खड्काले बताएका छन । त्यसै गरी प्रतिनिधी ब्यबस्थापन उपसमिति,प्रचार प्रशार उपसमिति, स्वयमं सेवक परिचालन उप समिति, आवास तथा खध्य ब्यबस्थापन उप समिति, सांस्कृती उप समिति, अतिथि सत्कार उप समिति, स्वास्थ्य ब्यबस्थापन उपसमितिहरु गठन गरिएका छन ।
बैठकले प्रतिनिधी छनौट मापदण्ड, अधिकार प्रत्यायोजन, प्रचार प्रसार पार्टी सदस्यता नबिकरण र निर्बाचान अधिकृत मनोनित लगायतका निणर्य गरिएको प्रचार बिभाग प्रमुख खड्काले जानकारी दिएका छन ।जिल्ला कमिटी बैठकले जिल्ला कमिटि अध्यक्ष काली बहादुर शाहीको संयोजकत्वमा ३ सदस्यि राजनितीक तथा सांगठनिक प्रतिबेदन तयारी उपसमिति गठन गरेको छ । जनक बोहराको संयोजकत्वमा प्रतिनिधी ब्यबस्थापन  उपसमिति गठन गरिएको जनाएको छ ।
त्यस्तै मंच ब्यबस्थापन उपसमितिमा डम्मर महतको संयोजकत्वमा समिति गठन गरिएको छ । मनदेवी ओलीको संयोजकत्वमा अतिथि सत्कार उप समिति गठन, लाल बहादुर ओलीको संयोजकत्वमा आर्थिक ब्यबस्थापन, जनक बिष्टको संयोजकत्वमा स्वास्थ्य ब्यबस्थापन, अमर खड्काको सयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ । जसमा अमर खड्का संयोजक रहेका छन भने कृष्ण ओली,बसन्त बिक, सर्पलाल गिरी, प्रकाश सिहं र पदम सिंह सदस्य रहेका छन ।
भरत थापाको संयोजकत्वमा स्वयंम सेवक परिचालनको जिम्मा दिइएको छ भने हरी रोकायाको संयोजकत्वमा आवास तथा खाध्य ब्यवस्थापनको जिम्मेवारी सहित उपसमिति गठन गरिएको छ । सांस्कृती उप समितिको संयोजक राम बहादुर बानिया रहने गरी ५ सदस्यीय उप समिति समेत गठन गरिएको प्रचार बिभाग प्रमुख खड्काले जानकारी दिएका छन ।
पार्टी केन्द्रीय कमिटीको यहि मिति २०७८ मंसिर २५ र २६ गते बसेको बैठक पश्चात जारी अन्तरपार्टी निर्देशन १ बमोजिम यहि मिति २०७८ पौष २३ गते जिल्ला अधिवेशन गर्नु पर्ने सर्कुलर बमोजिम नेकपा एमाले बाजुरा पनि अधिबेशन केन्द्रीत भएको छ ।

चर्चामा

सम्बन्धित समाचार