शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • स्वामिकार्तिक खापर गाउँपालिकाका पहिरो प्रभाबितलाइ राहत बितरण

स्वामिकार्तिक खापर गाउँपालिकाका पहिरो प्रभाबितलाइ राहत बितरण

  • मङ्लबार, मंसिर २८, २०७८
स्वामिकार्तिक खापर गाउँपालिकाका पहिरो प्रभाबितलाइ राहत बितरण

बाजुरा — बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटको माझँगाउका १७ परिवारलाई राहत बितरण गरिएको छ । हाम्रो टिम नेपालको आर्थिक सहयोेगमा सो राहत साम्रगी बितरण गरिएको हो ।

बडिमालिका खबर लगायत बिभिन्न सञ्चारमाध्यममा बिचल्लीमा पहिरो पिडित समचार प्रकाशित पछि हाम्रो टिम नेपालको आर्थिक सहयोग तथा बडिमालिका खवरको समन्वयमा राहत बितरण गरिएको हाम्रो टिम नेपालका अभियान्ता राजन बिसिले वताएका छन् ।
पिडितलाई चामल, नुन, दाल, साबुन, लगायतका साम्रगीहरु सहयोग गरिएको बडिमालिका मिडिया हाउसका प्रकाशक तथा सम्पादक प्रकाश सिहंले बताएका छन ।

पहिरो पिडित तत्तकाल सहयोग होस भनेर राहत बितरण गरिएको उनले बताए । हाम्रो टिम नेपाल काठमाण्डौको आर्थिक सहयोग, बडिमालिका मिडिया हाउसको आयोजना र स्वामिकार्तिक खापर गाउँपालिकाको समन्वयमा राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । यो राहतले स्थानियलाई ठुलो सहयोग भएको गाउँपालिका अध्यक्ष चिरिञ्जीवि शाहिले वताएका छन् ।

असाेज २९ गते देखी कार्तिक १ गते  सम्म आएको बेमौसमी अबिरल बर्षाका कारण गाउँ नै चिराचिरा हुदा माझगाउँका ५१ परिवार उच्च जोखिममा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार