शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • बझाङमा हिरासत भित्रै आत्महत्याको प्रयास

बझाङमा हिरासत भित्रै आत्महत्याको प्रयास

  • आइतवार, मंसिर १९, २०७८
बझाङमा हिरासत भित्रै आत्महत्याको प्रयास

अर्थ जङ्ग शाही/’बझाङ — लागु औसध चरेस सहित पक्राउ परे पछि प्रहरी अनुसन्धानको क्रममा हिरासतमा रहेकी एक महिलाले आत्महत्याको प्रयास गरेकी छन । मंसिर १४ गते २८ किलो चरेस सहित पक्राउ परेकी जयपृथ्वी नगरपालिका वडा नं ३, की कल्पना रोकायाले झुण्डीएर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धानको लागि दोस्रो पटक म्याद थप गर्ने तयारी हुदै गर्दा शौचालय जाने बहाना बनाएर उनले जिल्ला प्रहरी कार्यालयको हिरासतको शौचालय भित्रै झुण्डिएकी थिइन ।

आफुले प्रयोग गर्ने गरेको तौलियालाई शौचालयको भेन्टिलेसनमा रहेको रडमा बाधेर उनले आत्महत्याको प्रयास गरेको बझाङका प्रहरी प्रमुख डिएसपी ज्ञानबहादुर विस्टले बताए । ‘पहिले नै योजना बनाएकी रहेछिन’ विस्टले भने ‘पासो लाउन प्रयोग गरेको तौलिया लचकदार भएकोले उनको ज्यान जान पाएन’ रोकायाले पासो लगाइसके पछि चिच्याएको सुनेर त्यहा“ रहेका महिला प्रहरीहरुले शौचालयको ढोका फोडी उनको उद्धार गरेको विस्टले बताए । तौलिया लचकदार भएको कारण तन्किएर भुई छोएकोले उनको ज्यान बचेको विस्टको भनाई छ ।

उनको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भैरहेको छ । केहीबेरको उपचार पछि होस आएको र उनको अवस्था खतरामुक्त रहेको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए । ‘अहिले होस आइसकेको छ । दुइतिन दिन अरु निगरानी गरे पछि डिस्चार्ज हुन्छ’ खड्काले भने ।

रोकायाले हिरासतमा फेरी पनि आत्महत्याको प्रयास गर्न सक्ने भएकोले प्रहरीले विषेश निगरानी गर्ने डिएसपी विस्टले जानकारी दिए । ‘कस्तो सुरक्षा व्यवस्थागर्ने भनेर सरकारी वकिल सग सल्लाह गरिरहेका छौ । फेरी पनि उनले यस्तो प्रयास गर्न सक्छिन भन्नेमा हामी सर्तक छौ’ विस्टले भने ।

यस अघी मंसिर ४ गते नै प्रहरी हिरासतमा एक वृद्धाको पनि मृत्यु भएको थियो । आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्धाको अनुसन्धानको लागि हिरासतमा रहेकी केदारस्यु“ गाउपालिका–२ की ७७ वर्षीया विष्णादेवी रावलको हिरासत कक्षमै बेहोस भएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको हृदयघातको कारण मृत्यू भएको चिकित्सकहरुले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार