शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिम काँग्रेसको सभापतिमा संस्थापन इतरबाट मिश्र उम्मेदवार

सुदूरपश्चिम काँग्रेसको सभापतिमा संस्थापन इतरबाट मिश्र उम्मेदवार

  • शुक्रबार, मंसिर १७, २०७८
सुदूरपश्चिम काँग्रेसको सभापतिमा संस्थापन इतरबाट मिश्र उम्मेदवार

धनगढी– बिहीबारदेखि धनगढीमा सुरु भएको नेपाली काँग्रेस सुदूरपश्चिमको अधिवेशन अन्तर्गत आज मनोनय दर्ताको तालिका छ। यसअघि बिहान ८ बजेदेखि नै मनोनयन दर्ता हुने भनिएकोमा दिउँसो २ बजेदेखि मात्रै सुरु हुने भएको छ।

२ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता, ४ देखि ५ बजेसम्म दाबी विरोध, ५ बजेर २० मिनेटसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन, साढे ५ देखि साढे ६ बजेसम्म उम्मेदवारी फिर्ता र साढे ७ मा अन्तिम नामावली प्रकाशन गर्ने गरी कार्यातालिका छ।

नेताहरु प्रदेश कार्यसमिति सर्वसम्मत रुपमा चयनका लागि छलफलमा जुटेका छन्। संस्थापन पक्षबाट ६ जनाले सभापतिमा दाबेदारी पेश गरेका छन्। यस्तै संस्थापन इतर पक्षबाट कैलालीका नारायणदत्त मिश्रले सभापतिमा उम्मेदवारी दिने भएका छन्। ‘मैले सभापतिमा उम्मेदवारी दिने तयारी गरेको छु,’ कैलाली काँग्रेसका पूर्वसभापति मिश्रले वताए ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नै सभापतिमा उम्मेदवारी दिन मिश्रलाई मनाएको एक नेताले बताए। यसअघि संस्थापन इतर पक्षबाट गोपाल गुरुङलाई सभापतिमा उठाउने चर्चा थियो।

संस्थापन अर्थात शेरबहादुर देउवा पक्षबाट नरनारायण शाह, गोविन्द बोहरा, गोविन्दबहादुर शाह, अर्जुनजंगबहादुर सिंह, हिमबहादुर रावल र पुष्प शाहीले सभापतिमा दाबी गरेका छन्। देउवा पक्षका नेताहरु नै पूर्वमन्त्री वीरबहादुर बलायरलाई सर्वसम्मत सभापति बनाउन छलफलमा सक्रिय छन्। #साभार

चर्चामा

सम्बन्धित समाचार