मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राजनीति
  • काँग्रेसको प्रदेश अधिवेशनमा बाजुरा बाट पदाधिकारीमा को को छन् दाबेदारी ?

काँग्रेसको प्रदेश अधिवेशनमा बाजुरा बाट पदाधिकारीमा को को छन् दाबेदारी ?

  • बिहिबार, मंसिर १६, २०७८
काँग्रेसको प्रदेश अधिवेशनमा बाजुरा बाट पदाधिकारीमा को को छन् दाबेदारी ?

धनगढी– नेपाली काँग्रेसको प्रदेश अधिवेशन आजदेखि धनगढिमा सुरू हुदै छ । यसअघि दुई दिन ढिलो प्रदेश अधिवेशन गर्ने भनिएकोमा पूर्वनिर्धारित मिति अनुसार आजदेखि प्रदेश अधिवेशन सुरू हुन लागेको हो । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सात वटै प्रदेशको अधिवेशन एकैसाथ उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश अधिबेशनमा बाजुरा बाट पनि पदाधिकारी र सदस्यमा लड्नेका आंकाक्षि बढदै गएका छन् । बाजुरा बाट पदाधिकारीमा उपसभापतिमा पदम बहादुर शाहि र मान बहादुर रावलले घोषणा गरिसकेका छन् । त्यस्तै सह महामन्त्रिमा धनराज पण्डित, नरेन्द्र रोकाया, सुमन केसी र कबिता बिष्टले उम्मेद्धवारीमा आंकाक्षि रहेका छन् ।

टिममा पर्नका लागि उनिहरु धनगढीमा दौडधुप गरिरहेका छन् । उपसभापतिका उम्मेद्धवार पदम शाहि देउवा पक्ष र मान बहादुर रावल पौडेल पक्षका हुन् । दुबै जना गुटका नेता सँग टिकटका लागि दौडधुप गरिरहेका छन् । त्यस्तै सहमहामन्त्रिका उम्मेद्धवार धनराज पण्डित, सुमन केसी र कबिता बिष्ट देउवा पक्ष हुन भने नरेन्द्र रोकाया पौडेल पक्षका हुन् । आफ्नो पक्षमा टिक पार्न लागि रहेका छन् ।

दुबै पक्षको उपसभापतिको टिकट बाजुराले पाए भने सहमहामन्त्रिको टिकट पाउने सम्भाबना निकै कम हुने रहेको छ । पदम बहादुर शाहिले उपसभापतिको टिकट देउवा पक्षले दियो भने सहमहामन्त्रिका उम्मेद्धवार धनराज पण्डित, सुमन केसी कबिता बिष्टले टिकट पाउने सम्भाबना कम हुने छ । त्यस्तै पौडेल पक्ष बाट मान बहादुर रावलले टिकट पाएमा सहमहामन्त्रिमा नरेन्द्र रोकायाको टिकट पाउने सम्भाबना कम रहेको छ ।

त्यस्तै प्रदेश कार्यसमिति सदस्यमा अमृता सिंह, राधिका सिंह, प्रेम नाथ, जनक बिक्रम सिंह, सुरत शाह, तेज कठायत टिकटका लागि नेता सँग दौडधुपमा रहेका छन् । धनगढीमा बिहान साढे ८ बजेदेखि सहभागी दर्ताको तालिका छ भने दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भोलि मनोनयन र पर्सी मतदान गर्ने तालिका बनाइएको छ ।

सुदूरपश्चिमका ७ जिल्लामा नेतृत्व चयन भएसकेको छ भने कैलाली र अछाममा जिल्ला अधिवेशन हुन सकेको छैन । त्यस्तै शुदुरपीश्चम प्रदेश सभापतिमा कैलाली जिल्ला सभापति नरनारायण शाह, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा डोटीबाट विजयी महाधिवेशन प्रतिनिधि पुष्प शाही, पूर्व परराष्ट्र राज्यमन्त्री तथा बझाङका काँग्रेस नेता अर्जुनजंगबहादुर सिँह, पूर्व सञ्चार राज्यमन्त्री तथा अछामका काँग्रेस नेता गोविन्दबहादुर शाह, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द बोहरा र कैलालीका हिमबहादुर रावलले प्रदेश सभापतिमा दाबेदारी पेश गरेका छन्।

सभापतिका दाबेदार सबै देउवा पक्षका हुन् । सुदूरपश्चिममा प्रदेश र महाधिवेशन प्रतिनिधि ७० प्रतिशत देउवा पक्षका विजयी भएका छन् । यस्तै अछामका बलबहादुर कुँवर, अम्बिका चलाउने र कैलालीका उत्तम कठायतले प्रदेश महामन्त्रीमा दाबी गरेका छन् ।

सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि कांग्रेसले कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई संयोजक तोकेर खटाएको छ । मन्त्री बडू धनगढी आइसकेका छन् । यस्तै धनगढीमा एनपी साउँद, रमेश लेखक, वीरबहादुर बलायर र बद्री पाण्डे आइपुगेका छन् । यिनै नेताहरुका वरिपरि अहिले लाइन मिलाउन कार्यकताको दौडधुप चलेको हो ।

चर्चामा

सम्बन्धित समाचार