मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाज
  • एचआईभि संक्रमित भोको पेटमा औषधि खादै

एचआईभि संक्रमित भोको पेटमा औषधि खादै

  • बुधबार, मंसिर १५, २०७८
एचआईभि संक्रमित भोको पेटमा औषधि खादै

बाजुरा–डिसेम्वर १ तारिक (मंसिर १४) बिश्वभर एचआईभि एडस दिवस मनाइएको छ । बिभिन्न कार्यक्रम गरदै यो दिवस मनाउने काम भईरहेको छ । विश्व एड्स दिवस मनाउन लागेको ३३ वर्ष भइसकेको छ ।
बाजुराका संक्रिमत भने भोको पेटमा औषधि खाइरहेका छन् । भोको पोटमा औषधि खादा स्वास्थ्य जटिल हुदै गएको छ । त्यो सँगै संक्रमित प्रतिको भेदभाव र लाञ्छना भने हटिसकेको छैन ।
बुढिगंगा नरपालिका १० किरमुलि विकले एआरभि सेवन गर्न लागेको ३ बर्ष भयो । लकडाउनले उनले पोषिलो खानेकुरा त टाढाको बिषय बनेको छ भने दैनिक छाक टार्न धौ धौ भएको छ । थोरै खाएर खालि पेटमा एआरभि सेवन गर्ने गरेको किरमुलिले वताएकि छन् । उनका श्रीमान बने विकको एचआईभिका कारणले तिन बर्ष पहिला नै मृत्यु भइसकेको छ । छोरा छोरी पाल्न दुख त छदै त्यो सँगै औषधि खानु पर्छ भोको पेटमा औषधि खाने गरेको वताईन् । लकडाउन कतै ज्याला मजदुरी नपाएपछि खाद्यन्न संकट भएको उनले वताएकि छन् । उनि जस्तै बाजुराका ५६ जनाले जिल्ला अस्पताल बाजुरा बाट एआरटि सेवन गरिरहेका छन् ।
अधिकांशले खालि भेटमा औषधि खाने गरेको संक्रमित तथा बाजुरा प्लस कि अध्यक्ष मिना बिकले वताएकि छन् । सधै बर्ष दिवस मनाउने गरेका छन्, तर दिवसमा मात्र सिमित भएको बिकले वताईन् । सबै संक्रमित काम गरेर पेट पाल्ने गरेका थिए ।
एआरभि सेवनले संक्रमितहरुमा रगतको कमि हुदै आएको छ । संक्रमितहरु पोषण विना नै खालि पेटमा एआरभि खाने गरेका छन् । आर्थिक अबस्था सँग उनिहरुले पोषणयुक्त खान नपाउने भएकाले संक्रमितहरुको स्वास्थ्य अबस्था निकै कमजोर हुदै आएको उनिहरुले वताएका छन् ।
खालि पेटमा एआरटि सेवनले संक्रमितलाई निकै समस्या भएको बुढिगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले वताए । उनले भने २०६९ माघ सम्म नेपाल सरकार अन्र्तगत बाल स्वास्थ्य महाशाखाले एआरटि सँगै पौष्टिक आहार दिदै गरेको थियो । तर त्यसपछि भने एका एक रोकेको बताए । पौष्टिक बन्द पछि एआरटि सेवन गर्नेको स्वास्थ्य कमजोर हुदै आएको उनले थपे । अहिले त लकडाउने थप जोखिममा परेको शाहले वताए ।
अधिकांश एचआईभि संक्रमित ब्यक्तिहरु गरिब र न्युन आर्थिक स्थितिका रहेका छन् । “सामान्य छाक टार्न त धौ धौ छ, कसरी पौष्टिक आहार किनेर खाने सारै पिडा बाँच्न बाध्य भएका संक्रमित मिना बिकले बताईन् ।
अछामको विकट गाबिस रहफ -४ बस्ने ३५ बर्षिय धर्मा विक संक्रमित भएको ७ बर्ष जति भएको छ । दश बर्ष पहिले उनका श्रीमान मिन बहादुर बिकको मृत्यु पछि मात्र उनले संक्रमित भएको थाहा पाईन । संक्रमित भएको थाहा पाए देखि उनको घरमा खाना खाने भाडा, लगाउने लुगा र सुत्ने ठाँउ समेत अलगै छ । १ छोरा, २ छोरी र उनि लगायत उनका चार जना परिवार रहेका छन् । कान्छि छोरि निर्मला र उनि संक्रमित छन भने, दुई छोरा छोरि संक्रमित छैनन् । घरमा आफु दुबै आमा छोरी लाई रोग लागेकाले अरुलाई सर्छ भन्ने डर आफुले खाना खाने भाडा देखि सुत्ने समेत अलगै बनाएको धर्माले भनिन् ।
सरकारले आगामी पाँच वर्ष अर्थात् सन् २०२६ सम्ममा एचआईभी आमाबाट बच्चामा हुने संक्रमणको उन्मूलन गर्ने लक्ष्य लिएको छ । केन्द्रका वरिष्ठ मेसु डा. पवनकुमार शाहका अनुसार मुलुकभर ८३ वटा एआरटी केन्द्र, एआरभी औषधि वितरण केन्द्रहरू ४५ वटा छन्। तर, एआरभीको पहुँचबाट झण्डै १० हजार संक्रमित बाहिर रहेको केन्द्रले जनाएको छ। सरकारले सन् २ ०३० सम्ममा एआरभी औषधि उपचारमा ९५ प्रतिशतको पहुँच पुर्‍याउने लक्ष्य छ। सन् २०२०को अन्त्यसम्ममा नेपालमा कुल ३० हजार ३ सय जनामा एचआईभी संक्रमण भएको अनुमान छ।

चर्चामा

सम्बन्धित समाचार