बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले केन्द्रीय ३०१ सदस्यीयमा बाजुराबाट ४ जनाको नाम

एमाले केन्द्रीय ३०१ सदस्यीयमा बाजुराबाट ४ जनाको नाम

बसुन्धरा रोकायाकाे नाम लेखा आयोगको सदस्यमा

  • सोमवार, मंसिर १३, २०७८
एमाले केन्द्रीय ३०१ सदस्यीयमा बाजुराबाट ४ जनाको नाम

बाजुरा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशनको नयाँ केन्द्रीय समिति सर्वसम्मत बनाउन नामावली प्रस्तुत गरेका छन् । सर्वसम्मत शिफारीसमा बाजुरा बाट ४ जना नाम शिफारिस गरिएको छ ।
नेकपा एमाले सुुदुुर पश्चिम प्रदेशका अध्यक्ष तथा पुुर्व उद्योग मन्त्री संबिधान सभा सदस्य कणर् बहादुर थापा, संघिय सांसद लाल बहादुर थापा, बाजुरा प्रदेश ख बाट निर्बाचित सांसद प्रकाश शाह र दयाल बहादुर शाहि रहेका छन् । संबिधान सभा सदस्य बसुुन्धरा रोकाया भने लेखा आयोगको सदस्यमा नाम प्रस्तुति गरिएको थियो । दया बहादुर शाहि बाहेक तिन जना यो भन्दा पनि केन्द्रिय सदस्य रहेका थिए । खुला १ सय केन्द्रिय सदस्यमा कणर् बहादुर थापाको खुला २७ नम्बरमा, प्रकाश शाहको ६८ नम्बर र दयाल बहादुर शाहिको ९८ नम्बरमा नाम प्रस्तुत भएको थियो । लाल बहादुर थापा पिछडिएको क्षेत्र बाट ३ जना मध्ये २ नम्बरमा नाम प्रस्तुत गरिएको थियो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशनको नयाँ केन्द्रीय समिति सर्वसम्मत बनाउन नामावलीमा चार जना केन्द्रिय सदस्य बसुन्धरा रोकाया लेखा आयोगको सदस्यमा नाम प्रस्तुत गरिएको थियो । केन्द्रिय सदस्यको आकांक्षि रहेका साबिकको एकिकृत माओवादी बाट आएका सहदेब बोगटिको नाम भने अटाएको छैन् । त्यस्तै पेमा गुरुङ्ग पनि समेटिएका छैनन् ।

चर्चामा

सम्बन्धित समाचार