शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा जीप दुर्घटनामा घाइते सह-चालकको मृत्यु

बाजुरामा जीप दुर्घटनामा घाइते सह-चालकको मृत्यु

  • आइतवार, मंसिर १२, २०७८
बाजुरामा जीप दुर्घटनामा घाइते सह-चालकको मृत्यु

बाजुरा — बाजुराको सदरमुकाम मार्तडीको कारागार नजिकैबाट बिहान जिप दुर्घटनामा परेका सह-चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा बडीमालिका नगरपालिका वडा.नं १ का २४ वर्षीया भिम बहादुर दानी रहेका छन् । दुर्घटनामा परेका घाइतेको जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगडी सेती प्रादेसिक अस्पतालमा लैजादै गर्दा डोटीको पुर्विचौकी गाउँपालिकाको सानागाउँ नजिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सदरमुकाम मार्तडीबाट जडाङ्गा तर्फ जाँदै गरेको से १ ज ९६० नम्बरको जिप आईतबार विहान पांच बजे दुर्घटना भएको थियो । जिपमा सवार सह-चालकको टाउको, ढाडमा गम्भीर चोट लागेको थियो ।
जीप सडक देखि करिब १ सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिप चालकलाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएको बताएकोे छ ।

चर्चामा

सम्बन्धित समाचार