शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • सदरमुकामका सार्बजनिक शौचालय प्रयोग बिहिन

सदरमुकामका सार्बजनिक शौचालय प्रयोग बिहिन

  • शनिबार, मंसिर ११, २०७८
सदरमुकामका सार्बजनिक शौचालय प्रयोग बिहिन

बाजुरा–बाजुरा जिल्लाको सदरमुकाममा रहेका सार्बजनिक शौचालय प्रयोग बिहिन रहेका छन । २०७१ सालमा खुला दिशा मुक्त गरिएको बाजुरा जिल्लाको सदरमुकाममा अहिले जताततै दिशापिशाव देखीन थालेको छ ।
सरोकारवाला निकाएको ध्यान नजादा २०७१ शालमा बनेका शौचालय पनी केही जिणर् अबस्थामा रहेका छन भने केही शौचालयको संरक्षण नहुदा प्रयोग बिहिन बनेका छन । बजार ब्यबस्थित नहुदा व्यापारी तथा बजारमा आएका ग्राहकहरु सास्ती भोग्न बाध्य भएका छन ।
सदरमुकाम मार्तडीमा सार्वजनिक शौचालय प्रयोग नहुदा समस्या भएको छ । खुलामञ्च लगायतका ठाँउमा रहेका शौचालाय अलपत्र अबस्थामा रहेका छन् । जिल्लामा आउने जुनसुकै ब्यक्तीले कुनै होटलमा खाजा आएर मात्रै होटलको शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।
सदरमुकाममा बसपार्कमा जती मान्छे ओर्लिन्छन ति सबैले खुला दिशा पिसाव गर्न बाध्य भएको स्थानिय कलक नेपालीले बताए । उनले भने बसहरुमा कतै रोकीदिदैन बिहानको समय हुन्छ बसपार्कमा बसबाट झरेर शौच गर्ने मन लागेको हुन्छ कतै शौचालय नदेखेपछी बाध्य भएर खुला दिशा पिशाव गर्न बाध्य भएका छन उनले बताए । जिल्ला नै पुणर् सरसफाई अभियानमा अगाडि बढेपनि तर सार्वजनिक शौचालय नहुदा खुला ठाँउमा शौच गर्न बाध्य भएका छन् ।
त्यस्तै उत्तरी क्षेत्रको कोल्टि बजारमा पनि शौचालय प्रयोगबिहिन रहेका छन् । बिच बजारमा रहेको शिवपार्क नजिक भएपनि प्रयोगबिहिन बनेको स्थानियले वताएका छन् । त्यस्तै जिल्लाका अन्य ठाउँमा रहेका शौचालय पनि प्रयोगबिहिन बनेका छन् । सडक सँग जोडिएका बजारमा केही ठाउँमा शौचालय पनि बनाएका छैनन्, भएका ठाउँमा पनि प्रयोग हुदा यात्रुहरुले खुला ठाउँमा शौच गर्न बाध्य भएका छन् ।
स्थानीय तहहरुको ब्यवास्थाका कारण जिल्ला फेरी २०७१ साल भन्दा अगडी फर्किन सक्ने अबस्था भएको छ । नेपालकै सोह्रौं जिल्लाको रुपमा बाजुरा जिल्ला २०७१ मंसिर १२ गते जिल्ला खुला दिशामुक्त घोषणा गरिएको थियो । त्यहि समयमा सदरमुकाम लगायत जिल्लाका ब्यापारीक केन्द्र आशपासका सबै सार्बजनिक शौचालयहरु जिणर् तथा संरक्षणको अभावमा अलपत्र रहदै आएका छन् । जिल्लाका धार्मिक तथा पर्यटकिय स्थानमा शौचालय नहुदा खुला ठाउँमा शौच गर्न बाध्य भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार