शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • प्रयोगविहिन बन्दै हातधुने सामाग्रि अलपत्र

प्रयोगविहिन बन्दै हातधुने सामाग्रि अलपत्र

  • बिहिबार, मंसिर ९, २०७८
प्रयोगविहिन बन्दै हातधुने सामाग्रि अलपत्र

बाजुरा–समुदाय स्तरमा कोभिड संक्रमण बढेपछि बाजुरामा साबुन पानिले हात धुने बानिको बिकासका लागि बनाईएको सामाग्रि अलपत्र अबस्थामा रहेका छन् । केही निर्माण भएका सामाग्रि सञ्चालनमा नआएर अलपअत्र बनिसकेका छन् । जिल्लामा सार्वजनिक स्थान, सरकारी कार्यलय, बिद्यालय, स्वास्थ्य संस्थामा हातधुने स्थान बनाएर साबुन पानिले हात अनिवार्य धुने व्यबस्था गरिएको थियो ।
सदरमुकाम मार्तडीमा रहेको मालिका उच्च माबिमा समेत सञ्चालनमा नआएर प्रयोविहिन बनेको छ । कतै पानि नभएर कतै व्यबस्थापनको कमजोरी भएर हातधुने सामाग्रि प्रयोगबिहिन बनेको स्थानिय शुरेस बिकले वताएका छन् । खप्तडछेडेदह गाउँपालिका २ मा रहेको जयबागेश्वरी स्वास्थ्य चौकीमा पनि प्रयोग बिहिन बनेका छन् । लाखौ रुपैयामा बनाइएको भएपनि प्रयोग बिहिन बनेका हुन् । निर्माण भएपनि व्यबस्थापन पक्षको व्यवास्ता कारण अलपत्र रहेको स्थानियले वताएका छन् ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग-कोइका गुड नेवर्स इन्टरनेश्नलको पिसविन र किडाकको (सहयोगमा बाजुरामा स्वास्थ्य अधिकार प्रबद्र्धन परियोजनासञ्चालनमा रहेको छ । परियोजनाले सरसफाई प्रबद्र्धनका बिभिन्न गतिबिधि गरिरहेको छ । उक्क्त परियोजनाले बाजुराका ४० वटा माबिमा र १६ वटा स्वास्थ्य संस्थामा पहिलो चरणमा ७१ स्थानमा साबुन पानीले हात धुनका लागि निश्चित स्थान र सामग्रीको व्यवस्थापन गरिएको थियो ।
तर ७१ स्थानमा निर्माण भएपनि धेरै ठाउँमा प्रयोगमानै आएर अलपत्र अबस्थामा रहेको पाईएको छ । त्रिशक्ति उमाबिमा हात धुने सामाग्रि तयार पनि भयो फोटो पनि खिचे तर सञ्चालनमा नै नआएको बिद्यार्थीले वताएका छन् । पानि नभएकाले सञ्चालन हुन नसकेको उनिहरुले वताएका छन् । बनाइएका छन्, तर प्रयोगमा छैन बिद्यार्थी शंकर सेरालाले वताए ।
बिद्यार्थी बढि भएको बिद्यालयमा दुुईवटा हात धुने स्थान बनाएको थियो । ७१ स्थानमा ६० लाख ४७ हजार ६ सय ७९ मा निर्माण भएको परियोजनाले जनाएको छ । अधिकांश रोगको संक्रमणबाट बच्न साबुन पानीले हात धुनु अनिवार्य भए पछि यसको बढी प्रयोगका निर्माण गरिएको हो । समुदाय स्तरमा रहेका बिद्यालय, सार्वजनिक स्थान, सरकारी कार्यलय र स्वास्थ्य चौकिमा मानिसको आवतजावत बढने हुन्छ । कोरोनाको जोखिमपूणर् अवस्थामा साबुन पानीले हात धुनका लागि निश्चित स्थान र सामग्रीको व्यवस्थापन गरेर अनिवार्य साबुन पानिले हात धुने बानिको बिकास होला भनेर निर्माण गरिएको परियोजनाले वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार