बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • थप ३८५ जनामा कोरोना संक्रमण, एकैदिन ४ जनाको मृत्यु

थप ३८५ जनामा कोरोना संक्रमण, एकैदिन ४ जनाको मृत्यु

  • सोमवार, मंसिर ६, २०७८
थप ३८५ जनामा कोरोना संक्रमण, एकैदिन ४ जनाको मृत्यु

काठमाडौं — नेपालमा थप ३८५ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १२ हजार ६९७ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ९ हजार ९२१ पीसीआर परीक्षण गर्दा ३६७ र २ हजार ७७६ एन्टिजेन परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै पछिल्लो २४ घन्टामा २५८ जना संक्रमित कोरोनामुक्त भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त भएको संख्या ८ लाख ६१७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनामा मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २६९ रहेको छ।

चर्चामा

सम्बन्धित समाचार