शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • जनप्रतिनिधिको लाप्रवाही : ३६ दिन बित्दा पनि बनेन सुर्माको सैनगाउँ सडक

जनप्रतिनिधिको लाप्रवाही : ३६ दिन बित्दा पनि बनेन सुर्माको सैनगाउँ सडक

  • सोमवार, मंसिर ६, २०७८
जनप्रतिनिधिको लाप्रवाही : ३६ दिन बित्दा पनि बनेन सुर्माको सैनगाउँ सडक

अर्थ जङ्ग शाही/ बझाङ — बझाङ जिल्लाकाे सुर्मा गाउँपालिका-४ देखी ५ नम्बर वडामा जोडिने सडक ३६ दिन बित्दा पनि रोड नखुलेको हुदाँ गाउँका स्थानिय ब्यक्तिलाई हिँडडुल र सामान ओसार-पोसारमा समस्या परेको छ। असोज ३१ गते देखि कार्तिक ३ गतेसम्म लगातार परेको अबिरल बर्षाका कारण धेरै ठाउँमा धनजनको क्षति लगायत मान्छेहरुको मृत्यु समेत भएको थियो।

सदरमुकाम चैन्पुर बाट त्यहाँ सम्म जिपमा भाँडा तिरेर सामान लगेपनि,पहिरो गएर अवरुद्ध बनेको सडक देखी सामान बोकेर लैजानु पर्ने भएको हुनाले, आफूहरुलाई निकै सास्ती भएको एक स्थानिय ब्यक्ति प्रदिप बोहोराले बडिमालिका खबरलाई बताएका छन्।

पहिरो आएको सडक अवरुद्ध बनेको तल माथि खेतीयोग्य जमिन भएको हुनाले,गाउँका स्थानियब्यक्तिहरुले अहिले तत्काल डोजर लगाउन नदिएको भनेर सुर्मा गाउँपालिका-४ का वडा अध्यक्ष पूर्ण बहादुर बोहराले गाउँका स्थानियब्यक्तिलाई आरोप लगएका छन्।

यस बिषयमा थप कुरा बुझ्नका लागी हामीले सुर्मा गाउपालिका-४ का वडा अध्यक्ष पुर्ण बहादुर बोहोरा लाई फोन सम्पर्क गर्दा-उहाँले आफूलाई अहिले गाउँका स्थानियब्यक्तिहरुले डोजर लगाउन नदिएको र आफू सँग प्रयाप्त मात्रामा बजेट पनि नभएको, आफूले प्रदेश सँग बजेटको माग गरेको र सबै ठाउँमा रोड अवरुद्ध बनेको हुदाँ स्काभेटरमा हाल्ने डिजेल पनि ल्याउन नसकेको बताउछन्।

गाउँका स्थानियब्यक्तिहरुका अनुसार-प्रयाप्त मात्रामा आएको रकम बिनकाममा दुरुपयोग भएको हुनाले, सडक बनाउन कुनै पनि चाँसो नदेखाएको हुनाले आफूहरुलाई हिँडडुलमा निकै सास्ती खेप्नुपरेको एक स्थानियब्यक्ति नरेश बोहोराले  बताए।सो अवरुद्ध सडक अहिले खोल्ने तयारी भईरहेको वडा अध्यक्ष बोहोराले बडिमालिका खबरलाई फोन सम्पर्कमा बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार